भारतले पठाएको चन्द्रयान–३ चन्द्रमाको सतह नजिकै, आउँदो बुधवार अवतरण गर्ने अनुमान

एजेन्सी । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसराे) को चन्द्रयान ३ मिसनले आज बिहीवार नयाँ कीर्तिमान बनाएको छ । वैज्ञानिकले चन्द्रयान ३ को ल्यान्डर यसको प्रोपल्सन प्रणालीबाट अलग गरेका छन् । यसको मतलब अब ल्यान्डर बिस्तारै चन्द्रमाको सतहतिर सर्नेछ ।

इसरोले भोलि शुक्रवार दिउँसो ४ बजेसम्म चन्द्रयान ३ को ल्यान्डरलाई चन्द्रमाको सतहभन्दा नजिक ल्याउने प्रयास गरिने बताएको छ । इसरोका पूर्व वैज्ञानिक मैलास्वामी अन्नादुराईले समाचार एजेन्सी पीटीआईसँग कुरा गर्दै यसलाई कोशेढुङ्गा भनेका छन् । ल्यान्डर र रोभरले यो मिसनलाई कसरी अगाडि बढाउने भनेर भारतमात्र होइन सारा विश्व पर्खिरहेको छ ।

चन्द्रयान ३ को ल्यान्डर र रोभर अगस्ट २३ अर्थात् आउँदो बुधवार चन्द्रमाको सतहमा अवतरण गर्नेछन् । यसअघि अमेरिका, रुस र चीनले मात्रै उपकरण चन्द्रमामा अवतरण गराउन सफल भएका छन् । भारतको यान सफलतापूर्वक चन्द्रमामा अवतरण भएमा भारत चौथो देश बन्नेछ ।

भारतको केन्द्रीय विज्ञान तथा प्रविधिका राज्य इन्चार्ज जितेन्द्र सिंहले इसरोको यो सफलता भारतका लागि मात्र नभई विश्वकै लागि महत्त्वपूर्ण सफलता भएको उल्लेख गरेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖