टेलिकम र एनसेलको ब्यालेन्स चेक, रिचार्ज र ट्रान्सफरमा एकै नम्बर, पर्दैन छुट्टाछुट्टै सम्झिन

काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकम र निजी मोबाइल सेवा प्रदायक कम्पनी एनसेल आजियाटा लिमिटेडले समान किसिमका यूएसएसडी कोड प्रयोगमा ल्याएका छन् । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले जारी गरेको दूरसञ्चार सेवामा प्रयोग हुने शर्ट कोड र टोल फ्रि नम्बर व्यवस्थापन कार्यविधि अनुसार दुवै कम्पनीले एकै किसिमका यूएसएसडी ल्याएका हुन् ।

नियामकले ग्राहकको सहजताका लागि आधारभूत रूपमा प्रयोग हुने सेवाहरूका लागि सबै सेवा प्रदायकले एकै किसिमका यूएसएसडी नम्बर प्रयोग गर्नुपर्ने बाध्यकारी व्यवस्था गरेको थियो । जस अनुरूप ब्यालेन्स रिचार्जका लागि १२२, ब्यालेन्स ट्रान्सफरका लागि १३३ र ब्यालेन्सी इन्क्वाइरीका लागि १४४ यूएसएसडी नम्बरको व्यवस्था गरिएको छ ।

आआफ्नो सिस्टममा उल्लेखित यूएसएसडी कोड प्रयोगमा ल्याएको भए पनि दुवै कम्पनीले त्यसको सार्वजनिक सूचना भने जारी गरेका छैनन् । कम्पनीहरूले आफ्ना पूर्ववतः यूएसएसडी कोड समेत समानान्तर रूपमा प्रयोग गरिरहेको पाइन्छ ।

कसरी प्रयोग गर्ने एकै प्रकारका नयाँ यूएसएसडी कोड ?

१. ब्यालेन्स रिचार्ज गर्न १२२

यदि तपाईं रिचार्ज कार्ड खरिद गरी पिन नम्बर राखेर मोबाइल रिचार्ज गर्नु हुन्छ भने एनसेल र नेपाल टेलिकम दुवै नेटवर्कमा यो यूएसएसडी कोड प्रयोग गर्न सक्नु हुन्छ । जसका लागि *१२२*रिचार्ज पिन नम्बर# राखी डायल गर्नुपर्ने हुन्छ ।

यसअघिदेखि ब्यालेन्स रिचार्ज गर्न टेलिकममा *४१२*रिचार्ज पिन नम्बर# र एनसेलमा *१०२*रिचार्ज पिन नम्बर# डायल गर्नुपर्ने व्यवस्था मिलाइएको थियो । यद्यपि यो विधिबाट अझै केही समयसम्म ब्यालेन्स रिचार्ज गर्न सकिनेछ ।

२. ब्यालेन्स ट्रान्सफरका लागि १३३

ब्यालेन्स ट्रान्सफरका लागि समेत दुवै कम्पनीको नेटवर्कमा एउटै १३३ नम्बरको यूएसएसडी प्रयोग गर्न सकिन्छ । यद्यपि ब्यालेन्स ट्रान्सफर गर्ने दुवै कम्पनीको तरिका भने केही फरक छ ।

नेपाल टेलिकमको एउटा मोबाइलबाट अर्को मोबाइलमा ब्यालेन्स ट्रान्सफर गर्न *१३३*सेक्युरिटी कोड*ब्यालेन्स ट्रान्सफर गरिने मोबाइल नम्बर*ट्रान्सफर गर्ने रकम# डायल गर्नुपर्ने हुन्छ ।

तर एनसेलमा भने यो यूएसएसडी को प्रयोग गरी ब्यालेन्स ट्रान्सफर गर्न *१३३*ब्यालेन्स ट्रान्सफर गर्न चाहेको मोबाइल नम्बर*ट्रान्सफर गर्न चाहेको रकम# डायल गर्नुपर्ने हुन्छ ।

यसअघिको व्यवस्था अनुसार नेपाल टेलिकमको ब्यालेन्स ट्रान्सफर गर्न *४२२*सेक्युरिटी कोड*ब्यालेन्स ट्रान्सफरको गन्तव्य मोबाइल नम्बर*ट्रान्सफर गर्न चाहेको ब्यालेन्स# डायल गर्नुपर्ने हुन्छ । यदि तपाईं टेलिकमको आफ्नो सेक्युरिटी कोड थाहा छैन भने मेसेज बक्समा SCODE टाइप गरी १४१५ मा पठाउन सक्नु हुन्छ ।

एनसेलमा भने ब्यालेन्स ट्रान्सफर गर्न *१७१२२*ब्यालेन्स ट्रान्सफर गर्न चाहेको गन्तव्य मोबाइल नम्बर# डायल गर्नुपर्ने हुन्छ । यसका लागि सेक्युरिटी कोड आवश्यक पर्दैन ।

३. ब्यालेन्स जाँचमा १४४

दुवै नेटवर्कमा एउटै यूएसएसडी नम्बरबाट ब्यालेन्स इन्क्वाइरी अर्थात चेकजाँच गर्न पनि सकिन्छ । यसका लागि एनसेल र नेपाल टेलिकम दुवैका लागि *१४४# डायल गरे पुग्छ । यसअघिको व्यवस्था अनुसार एनसेलमा ब्यालेन्स चेक गर्न *१०१# अथवा *९०१# र टेलिकममा *४००# डायल गर्नुपर्ने हुन्छ ।

कार्यविधि अनुसार यसअघि सेवा प्रदायकले आआफ्नै किसिमले प्रयोगमा ल्याएका यूएसएसडी कोड एक वर्षपछि बन्द गरी अब यी एकै किसिमका यूएसएसडी कोड मात्रै प्रयोगमा ल्याउनु पर्नेछ ।-टेकपाना

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।