महराको विषयमा सिआइबीको प्रतिबेदन विवादास्पद : चक्रपाणी खनाल

धनकुटा, ५ भदौ । नेकपा माओवादी केन्द्रका सचिब चक्रपाणी खनाल बलदेबले सुन प्रकरण जोडिएका आफ्ना पाटीका उपाध्यक्ष कृष्णबहादुर महराको विषयमा सिआइबीले विवादस्पद प्रतिवेदन बनाएको बताउनु भएको छ ।

माओवादी केन्द्र धनकुटाको बैठकको क्रममा धनकुटा आउनुभएका खनालले धनकुटामा आयोजित पत्रकार सम्मेलनमा महरा र उहाँको छोराले सुन ल्याउनेलाई छुटाउन फोन गरेको भनेर प्रतिवेदन बनाएपनि त्यसको आधारमा मुद्धा चलाउन नमिल्ने पनि लेखेको बताउनु भएको हो ।

उहाँले मुद्धा चलाउन नमिल्ने भने प्रतिवेदनमा किन राखियो भन्ने प्रश्न पार्टी पदाधिकारी बैठकमा गरेको बताउँदै जोडिएको हो भने कानुन अनुसार हुनुपर्यो भनेर कुरा उठाएको बताउनु भयो ।माओवादी केन्द्र कोशी प्रदेशका इन्जार्ज समेत रहेका सचिव खनालले बाबुराम भट्टराई र माधव कुमार नेपालको नेतृत्वको सरकारका पालामा ललिता निवासको जग्गामा मोहीयानी र गुठी कायम गर्ने निर्णय भएको पाइएकोले त्यसैको आधारमा सिआइबीले सोधपुछ गरेको बताउनु भयो ।

यस्तै उहाँले पहिचानको मुद्धा माओवादीले उठाएको हुनाले काशी प्रदेशको नामाकरणका विषयमा गल्ती भएकाले केन्द्रिय कमिटिको बैठकमा आत्माआलोचना गरेको बताउनु भयो ।

पत्रकारको एक प्रश्नको जवाफ दिँदै उहाँले अब पहिचानको मुद्धालाई बलियो बनाउन लाग्ने बताउँदै आगामी चुनावी नाराको रुपमा पहिचान मुद्धा नउठाएको बताउनु भयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।