सन्दीप बिरामी, नेपाली टोलीसँग नजाने!

नेपाली क्रिकेट टोलीका स्टार स्पिनर सन्दीप लामिछाने एसिया कप खेल्न आज नजाने भएका छन् । नेपाली क्रिकेट टोली एसिया कप खेल्न आज राती एक बजे पाकिस्तान जादैछ । तर सन्दीप नेपाली क्रिकेट टोलीसँग पाकिस्तान नजाने भएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले सन्दीप आज नजाने पुष्टि गरेका छन् । ‘सन्दीप आज नेपाली टोलीसँग जादैनन् । उनी बिरामी छन् । फिट नहुँदा अभ्यासमा पनि आएको थिएनन् । टोली आज राती एक बजे जान्छ’, चन्दले भने । सन्दीप के बिरामी भएको त्यो भने चन्द खुलाउन चाहेनन् ।

चन्दले सन्दीप फिट भएपछि जाने बताएका छन् । क्यानले साढे चार बजे आधिकारीक रुपमा एसिया कप खेल्न जाने नेपाली क्रिकेट टोलीलाई बिदाई गर्दैछ । राष्ट्रिपति रामचन्द्र पौडेलले दिउँसो दुई बजे शीतलनिवासमा बोलाउँदै एक कार्यक्रमकाबीच बिदाई गर्नुको साथै शुभकामना दिएका छन् ।

सन्दीप राष्ट्रपतिको बिदाई कार्यक्रमका पनि गएका थिएनन् । नेपाली टोलीले आइतबार र सोमबार बन्द प्रशिक्षण गर्दा उनी अभ्यासमा पनि गएका थिएनन् । नाबालिग बलात्कारको आरोपमा सन्दीप पछिल्लो एक वर्षदेखि काठमाडौँ जिल्ला अदालतमा मुद्दा खेपिरहेका छन्। पछिल्लो बहसमा अदालतले पिडितको आमाको जन्ममिति यकिन गर्न आदेश दिएको थियो ।

एसिया कप ३० अगष्ट देखी १७ सेप्टेम्बर सम्म हुनेछ । नेपाल, श्रीलंका र भारत छन् । समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् । नेपालले १३ भदौ (३० अगष्ट) मा पाकिस्तानसँग मुल्तानमा खेल्नेछ । नेपालले भदौ १८ (सेप्टेम्बर ४) मा भारतसँग श्रीलंकाको कान्डीमा खेल्नेछ ।

नेपालको एसिया कप खेल्ने टोली :
रोहित पौडेल (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, गुलशन झा, आरिफ शेख, सोमपाल कामी, प्रतिश जिसी, किशोर महतो, सन्दीप जोरा, अर्जुन साउद र मौसम ढकाल ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।