पाख्रीवास ८ छेङ्गुवा खोलामा झोलुङ्गे पुल निर्माण गरिने

शर्मिला राई,धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका वडा नं ८ छेङ्गुवा खोलामा झोलुङ्गे पुल निर्माण गरिने भएको छ । पाख्रीवास नगरपालिका र संघिय सरकारको संयुक्त लगानिमा झाेलुङ्गे पुल बनाईदै गरेको हो ।

क्रमागत योजना अन्र्तगत ६३ लाख ३५ हजार बराबर लागतमा पुल निर्माण भईरहेको पाख्रीवास नगरपालिकाका प्रमुख ज्ञान बहादुर गुरुङले बताउनु भएको छ । पुल बनेपछि त्यस क्षेत्रका ३ सय ६९ घरधुरीका १ हजार ८ सय ५४ जनसंख्यालाई आवत जावतमा सजिलो हुने उहाँले बताउनु भयो ।

हालसम्म पुलको जग बसाल्ने, पिलर उठाउने, वारिपारी लठ्ठा टाग्ने लगायतका काम भएको अनुगमनकाे क्रममा पाईएको पाख्रीवास नगरपालिका वडा नं ८ का वडाध्यक्ष गणेश राईले जानकारी दिनुभयाे । सम्झौता अनुसार २०८२ सम्म पुलको निर्माण कार्य सक्नुपर्ने भएपनि आम नागरिकको सुविधालाई मध्यनजर गरि छिट्टै सक्ने गरि काम भईरहेको उहाँले बताउनुभयो ।

निर्माणाधिन पुलको अहिलेसम्म करिब ४५ प्रतिशत काम सकिएको पुल निर्माणको जिम्मा पाएको उपभोक्ता समितिले जनाएको छ । झोलुङ्गे पुल निर्माणका लागि आवश्यक स्थानिय निर्माण सामाग्री संकलनको व्यवस्था उपभोक्ता समितिले नै गर्नुपर्ने छ भने समुदायको दुई प्रतिशत योगदान प्राप्त नगद जिन्सी अनुदान र अन्य थप निर्माण कार्यहरु प्राप्त अनुदानबाट गर्ने सम्झौता अनुसार आवश्यक ढुवानी तथा भण्डारणको व्यवस्था समेत समितिबाटै हुने उल्लेख छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।