चन्द्रयान–३ को रोभरले चन्द्रमामा चाल्यो पाइला, महत्त्वपूर्ण तथ्याङ्क र तस्बिर विश्लेषणका लागि पठाउने

एजेन्सी । भारतले चन्द्रमाको दक्षिणी ध्रुवमा पुर्याएकाे रोभरले चन्द्रमाको सतहमा पहिलो यात्रा शुरु गरेको छ ।

इतिहास बनाउँदै भारतले चन्द्रमाको दक्षिणी ध्रुवमा अस्ति ल्यान्डर अवतरण गराएको एक दिनपछि हिजो ल्यान्डरबाट रोभर बाहिर निस्किएको हो ।

चन्द्रयान–३ ले लगेको विक्रम नामको ल्यान्डरबाट रोभर बाहिर ओर्लिएर चन्द्रमामा हिँडेको इन्डियन स्पेस रिसर्च अर्गनाइजेशन (इसरो) ले जनाएको छ । त्यहाँको चट्टानी र ठूला खाडलहरू भएको सतहमा घुमेर रोभरले महत्त्वपूर्ण तथ्याङ्क र तस्बिरहरू विश्लेषणका लागि पृथ्वीमा पठाउने छ ।

रोभर एक सेन्टिमिटर प्रतिसेकेन्डको गतिमा हिँडडुल गर्न सक्छ । आफ्नो हरेक चालमा रोभरले आफ्ना छ वटा चक्कामा जडान गरिएको इसरोको लोगो र प्रतिक चिह्न माटोमा बनाउने छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।