समीक्षाकी दिदी शर्मिला भन्छिन्– म आत्तिसकेँ

काठमाडौं । गायिका समीक्षा अधिकारीकी दिदी शर्मिला अधिकारीले आफू आत्तिसकेको बताएकी छन् । समाजको आलोचना र मान्छेको व्यवहारबाट आफू आत्तिसकेको उनको भनाइ छ ।

फूल्न नपाउँदै झर्नुपर्ने अवस्था आएको उनको गुनासो छ । समीक्षाले केयरटेकरका रूपमा उनलाई अष्ट्रेलिया लगेर उतै छोडेको आरोप लागेपछि शर्मिलाले सामाजिक सञ्जालमार्फत यस्तो बताएकी छन् ।

‘खोक्रो इज्जतको खोल ओढेर आँफूलाई सर्वश्रेष्ठ ठान्नेहरू जताततै छरिएका, नदेखिएका पनि होइनन् । मानव भएर दानवको जस्तो व्यवहारबाट म आत्तिसकेको छु,” उनले लेखेकी छन्, “मरेर न्यायको अपेक्षा त छैन, मलाई जिउँदो रहुन्जेल फाटेको मनलाई टाल्नसक्ने साहास भगवानले पूरा गरून् । सकिन्छ राम्रो सल्लाह सुझाव दिने कोसिस गर्नुहोस्, सकिन्न कसैको बारेमा नराम्रो पनि नसोचिदिनूस् ।”समीक्षाले शर्मिला आर्टिस्ट भिसामा अष्ट्रेलिया गएको बताउँदै आएकी छन् ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖