भदौ ३१ देखि सधैंका लागि मेसेन्जर लाइट बन्द हुने

काठमाडौं । आउँदो १७ सेप्टेम्बर अर्थात् भदाै ३१ देखि मेटाले आफ्नो ‘मेसेन्जर लाइट’ सधैंका लागि बन्द गर्ने भएको छ । हाल प्रयोगकर्ताले सो एप खोल्दा ‘मुख्य मेसेन्जर एपमा स्विच गर्नु’ भन्ने सूचना सहित डाउनलोड लिङ्क दिन थालिएकाे छ ।

सन् २०१६ मा मुख्य मेसेन्जर एपको विकल्पको रूपमा मेटाले मेसेन्जर लाइट सार्वजनिक गरेको थियो, जसले कम स्टोरेज र डेटा खपत गर्छ ।

पुराना र कम प्राेसेसरयुक्त एन्ड्राेइड फोनहरूमा मेसेन्जरको यो विकल्प बनेको थियो । तर अब कम्पनीले सधैंका लागि गुगल प्ले स्टोरबाट मेसेन्जर लाइट हटाउने घाेषणा गरेकाे छ । तर मेसेन्जर लाइट प्रयाेग गरिरहेका प्रयाेगकर्ता एपकाे डेटा वा च्याट भने डिलिट नहुने मेटाले जनाएकाे छ ।

यसअघि आईओएसका लागि उपलब्ध मेसेन्जर लाइट पनि सन् २०२० मा हटाइएकाे थियाे । हाल ७६ कराेड बढी एन्ड्राेइड फाेनमा मेसेन्जर लाइट एप उपलब्ध भएकाे बताइन्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।