चन्द्रमामा यसरी घुमिरहेको छ चन्द्रयानको प्रज्ञान रोभर

काठमाडौं । इसरोले चन्द्रयान-३ सम्बन्धी नयाँ भिडियो जारी गरेको छ। यो नयाँ भिडियोमा प्रज्ञान रोभर विक्रम ल्यान्डरबाट बाहिर निस्केपछि कसरी हिँडिरहेको छ भन्ने देख्न सकिन्छ ।

इसरोले यसअघि नै प्रज्ञान र विक्रमको तस्विर र भिडियो सार्वजनिक गरिसकेको छ ।

तर शनिबार सार्वजनिक भएको भिडियो नयाँ हो । इसरोले यो भिडियोसँग लेखेको छ- प्रज्ञान रोभर शिवशक्ति पोइन्ट नजिक घुम्दै छ र चन्द्रमामा नयाँ के छ भनेर अन्वेषण गर्दैछ।

चन्द्रयान–३ अगस्ट २३ मा चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक अवतरण भएको थियो ।

यस अवतरणका लागि वैज्ञानिकहरूलाई बधाई दिन प्रधानमन्त्री मोदी शनिबार बिहान बेंगलुरु पुगेका थिए।

यसै क्रममा पीएम मोदीले चन्द्रयान–३ अवतरण गरेको ठाउँलाई अब शिवशक्ति पोइन्ट भनिने घोषणा गरेका थिए ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।