ग्राण्ड माष्टर राष्ट्र राईको निधन
लण्डन । अन्तर्राष्ट्रमै ख्याती कमाएका ग्राष्ड माष्टर राष्ट्र राईको निधन भएको छ ।
गत २२ सेप्टेम्बर २०२३ का साँझ ब्याडमिन्टन खेलेर घर फर्किएका राईले आफूलाई जाडो भएको भनी सोफामा बसेको बखत सासफेर्न असहज भएको कारण हतारहतार एम्बुलेन्समा अस्पताल लैजादै गर्दा निधन भएको कुरा गैर आवासिय नेपाली संघ (एनआरएन) युकेका अध्यक्ष प्रेम गाहमगरले बताए । स्व. राई एनआरएन युकेका खेलकुद विभाग हेर्ने उपाध्यक्ष थिए ।
न् २०६५ मा जन्मिएका राईले लामो समय बृट्रिस आर्मीमा सेवा गर्नुभयो र सेवाकै दौडानमा फ्रेन्च लिजन भर्सेस गोर्खा नामक डकुमेन्ट्रीमा देखिनु भएका राई सन् २०११ ताका विश्व प्रसिद्ध हुनुभयो । सो डकुमेन्ट अहिले पनि युट्युवमा लोकप्रिय रहेको छ ।
त्यस्तै ताईकण्डो खेलका ६ डान राईले देशविदेशमा धेरै प्रतियोगिताहरुमा विजय हासिल गर्नुभयो र सहभागिता जनाउनु भयो । वहाले नै ताईकण्डो खेलमा खुकुरी प्याटोन राख्न सफल भई, कोरिया सरकारबाट माष्टर को उपाधी प्राप्त गर्नुभएको थियो । वहाकै संरक्षणमा युकेका आधा दर्जन सगरमाथा ताईकण्डो क्लव संचालनमा रहेको छ । युकेबाटै नेपालको प्रतिनिधित्व गर्दै नेपाली खेलाडी टिम लिएर दक्षिण कोरिया, हङकङ, अमेरिका लगायत विभिन्न मुलुकमा सहभागिता जनाउदै आएका थिए । युकेमा रहेर नेपाली समुदायमा खेलकुदको क्षेत्रबाट यतिधेरै योगदान गर्ने विरलै होला । उसो त उनले नेपालमा पनि खेलकुदको क्षेत्रमा धेरै योगदान गरेका थिए ।
जन्मभूमि झापाका राई राम्रा चित्रकार पनि हुन । उनले पेन्टिङ गरेका फोटोहरु ठूठूला भेलाहरुमा बिक्रि हुनेगरेको थियो । उनी झपाका राजनीतिक परिवारमा जन्मिएका थिए । उनी लण्डन नजिक चाथाममा परिवार र छोरा सहित बस्दै आएका थिए । उनको शवलाई चाथाम स्थित अस्पतालमा राखिएको छ भने अत्येष्ठि कहिले र कहा गर्ने निधो हुन बाँकी छ ।


