काजी तुलाराम पाँडेको २५५औँ स्मृति दिवस

काठमाडौँ, ६ असोज : काजी तुलाराम पाँडेको २५५ औँ स्मृति दिवस मनाइएको छ । पाँडे खलकद्वारा आज हनुमनढोकामा आयोजित स्मृति दिवस समारोहमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले काजी तुलाराम पाँडेको तस्बीरमा माल्र्यापण गर्नुका साथै तलेजु मन्दिरमा पुष्पाञ्जली अर्पण गर्नुभयो ।

समारोहमा पूर्वराष्ट्रपति भण्डारीले २५५औँ पुण्यतिथि पारेर प्रकाशन गरिएको तुलाराम पाँडेको श्रद्धाञ्जली पुस्तिका विमोचन गर्नुभएको छ । पाँडेकाजी खलकले तत्कालिन गोर्खा र कान्तिपुर(काठमाडौँ) राज्यको एकीकरणमा उहाँको भूमिकालाई स्मरण गर्नुभएको थियो ।

“विगत केही वर्षदेखि हामीले इन्द्रजात्राका दिन तुलाराम पाँडेलाई सम्झिने गरेका छौँ । उक्त दिन उहाँको तलेजु मन्दिरमा हत्या भएको थियो”, विक्रम पाँडेकाजीले भन्नुभयो, “कालु पाँडेका बारेमा इतिहासमा केही लेखिए पनि उहाँका भाई तुलाराम पाँडेको इतिहास गर्भमा नै विलीन भएको छ ।”

समारोहमा डा केके पाँडेकाजीले विसं १८२५ को इन्द्र जात्राको दिन भएको तुलाधार पाँडेको देहान्तबारे जानकारी दिँदै भन्नुभयो, “काठमाडौँ जीतलगत्तै मल्लको सिंहासन एकछिन नछोडी बसेका राजा पृथ्वीनारायण शाह आफू नगई सेना पनि काजी तुलाराम पाँडेलाई इष्टदेवी तुलजा भवानप्को क्षमा आराधना गर्न पठाउनुभयो । तुलारामको तलेजु भवानीको आँखै अगाडि प्राण पखेरु उडाइयो ।”

तत्कालीन गोर्खा राज्यबाट कान्तिपुर राज्यमा महावाणिज्यदूत बन्नुभएका तुलाराम पछि गोर्खाका आवासीय राजदूतसमेत बन्नुभएको थियो । -रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।