‘नामकरणको समर्थनमा सिङ्गो एमाले जुरुक्क उठ्न सकेन’– मुख्यमन्त्री कार्की

विराटनगर, ६ असोज । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ‘कोशी’ नामकरणको समर्थनमा सिङ्गो एमाले जुरुक्क उठ्न नसकेको बताउनु भएको छ ।

प्रगतिशल तथा पेशागत कानून व्यवसायी संघ (पीपीएलए) को कोशी प्रदेशको प्रथम अधिवेशनको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले सो कुरा बताउनु भएको हो । मुख्यमन्त्री कार्कीले भन्नुभयो ‘ कोशी नामकरणको विषयमा सिङ्गो एमाले जसरी जुरुक्क उठ्नु प¥थ्यो त्यसरी उठेन, बरु एमालेका कतिपय कार्यकर्ता नामकरणको विरोधमा लेख्ने र बोल्ने काममा सहभागि भएको पाइयो । तत्कालिन प्रदेश नं १ को कोशी नामकरण ठिक भएको र यसबाट डराउनुपर्ने अवस्था नरहेको पनि उहाँले प्रस्ट पार्नुभयो ।

उहाँले कोशी नामकरण विरुद्ध जवर्जस्ति आन्दोलन उठाइएको बताउँदै स्थानीय स्तरबाट आन्दोलन उठ्न नसकेपछि अहिले विदेशीहरुको सहयोगमा काठमाडौ देखिका मानिसहरु ल्याउन थालिएको दाबी गर्नुभयो । उहाँले यहाँ पनि भारतको मणिपुरमा जस्तै जातीय र सामुदायिक दङ्गा भड्काउन केही शक्तिले खोजिरहेको बताउनुभयो ।

मुख्यमन्त्री कार्कीले कोशी नामकरणको विषयमा पुराना सबै राजनीतिक दलहरुले आ आफ्नो धारण सार्वजनिक गरेपनि रबीको पार्टीको धारण प्रस्ट नआएकोमा आश्चर्य व्यक्त गर्नुभयो ।

एमालेका अगाडी धेरै समस्या नरहेको प्रस्ट पार्दै एमाले अरुका कारणले नभएर आफ्नै खुट्टामा अल्झिएर लड्ने गरेको उहाँको भनाइ थियो । मुलुकमा एमाले हार्ने सिट सङ्ख्या थोरै मात्रमा रहेको दाबी गर्दै तर धेरै ठाउँमा एमालेले नै एमालेलाई हराएको उहाँको कथन छ । ‘त्यसैले अब एक पटक हरेक मोर्चामा एमाले जिताउ अभियान चलाउन हो भने मात्र पार्टीले चलाएको मिसन ८४ सफल हुन्छ ’– मुख्यमन्त्री कार्कीले भन्नुभयो ।

सो अवसरमा कोशी प्रदेशका विभिन्न जिल्लाबाट सहभागि हुन आउनु भएका कानुन व्यवसायिहरुले स्थानीय जिल्लामा पीपीएलए र नेकपा एमालेको अवस्थाबारे अवगत गराउनु भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।