आईसीसी सचिवमा युएई बाट मनोज गोर्खालीको उम्मेदवारी घोषणा

काठमाडौ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का विभिन्न अभियानहरूमा अग्रपंक्तिमा रहँदै–खट्दै आएका मनोज कुमार श्रेष्ठ (गोर्खाली)ले संघको एघारौँ महाधिवेशनमा आईसीसी सचिवका लागि उम्मेदवारी घोषणा गरेका छन्।

दुबईका सफल व्यवसायी श्रेष्ठले ४ मुख्य एजेन्डा लिएर आईसीसी सचिवका लागि उम्मेदवारी घोषणा गरेका हुन्। सन् २००७ देखि निरन्तर एनआरएनएको विभिन्न तहमा रहेर सामाजिक कार्य गर्दैआएका श्रेष्ठ मध्यपूर्वमा लोकप्रिय मानिन्छन्। एनआरएनए एनसीसी युएईको उपाध्यक्ष, आईसीसी सदस्य, मध्यपूर्व उपसंयोजक हुँदै हाल मध्यपूर्व संयोजक रहेका श्रेष्ठ मध्यपूर्वमा विपतमा परेका नेपालीहरूले सम्झिने सबैभन्दा पहिलो व्यक्तिमा पर्छन्।

बाढी पीडित नेपालीहरूको उद्दार एवम् सहयोगार्थ ज्यान दिएर खटेका श्रेष्ठले कोभिडकालमा नेपालमा अक्सिजन सिलिन्डर पठाउने अभियानमा समेत नेतृत्वदायी भूमिका खेलेका थिए। आफूले गरेका सामाजिक कार्यहरूको प्रचारप्रसार गर्न नरुचाउने श्रेष्ठले आठौं र नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा एनआरएनएको तर्फबाट नेतृत्व समेत गरेका थिए।

श्रेष्ठले मध्यपुर्वमा रहेका नेपाली श्रमिकहरूको हकहितका लागि आईसीसीमा निरन्तर आवाज उठाउँदै आएका छन् भने कैयौंपटक सरकारको ध्यानाकर्षण समेत गराएका छन्। प्रचारमुखी नभई कर्ममुखी बन्नुपर्छ भन्ने सिद्धान्तबाट आफू प्रेरित भएको श्रेष्ठ बताउँछन्। आफुले अहिलेसम्म एनआरएनएमा रहेर गरेका सामाजिक कार्य र योगदानहरूको सबैले मूल्यांकन गरेका कारण यसपटक सचिवमा उम्मेदवारी दिन लागेको बताएका छन्।

मध्यपूर्वको नेतृत्व गर्दैगर्दा पाएको अवसर र विश्व यात्राले विश्वभर रहेका नेपालीहरूलाई एकताको सुत्रमा बाँधेर सबैको सर्वाङ्गिण हितका लागि लागिपर्न प्रेरित बनेको श्रेष्ठ बताउँछन्। वैदेशिक रोजगारीका लागि यूरोप, अफ्रिका, अमेरिका, अष्ट्रेलियामा रहेका नेपालीहरूको व्यथासमेत मध्यपूर्वमा कार्यरत नेपालीहरूको व्यथा भन्दा फरक नरहेको श्रेष्ठले बताए।

विश्वभर रहेका लाखौं नेपालीहरूको मुद्दामा नेपाल सरकारलाई जिम्मेवार बनाउन आफ्नो उम्मेदवारीले महत्त्व राख्ने श्रेष्ठको भनाइ छ। विश्वभरका एनआरएनए अभियानकर्मीहरूको माया र नेपाली समुदायको साथका कारण यसपटक आफुले अपेक्षित नतिजा प्राप्त गर्ने कुरामा आफू ढुक्क रहेको श्रेष्ठ बताउँछन्।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।