एमाले कोशी प्रदेशमा चार नेता आकांक्षी, चेम्जोङको दावेदारी बलियो बन्दै

धनकुटा । नेकपा एमाले कोशी प्रदेश अधिवेशनको मिति नजिकिँदै जाँदा प्रदेश अध्यक्षमा चार जनाको आकांक्षी मैदानमा देखिएका छन् । असोज १२ र १३ गतेका लागि तय भएको अधिवेशनमा अध्यक्षका लागि एमालेका पोलिटव्युरो सदस्य विनोद ढकाल, केन्द्रीय सदस्य घनश्याम खतिवडा, कोशी प्रदेशका हालका अध्यक्ष तुलसीप्रसाद न्यौपाने र उपाध्यक्ष टिकाराम चेम्जोङले दौडधूप गरिरहेका छन् ।

​कोशी प्रदेश एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह प्रदेश हो । प्रदेश अध्यक्षलाई एमालेले पोलिटब्यूरो सदस्य सरहको हैसियत दिने व्यवस्था गरेपछि केन्द्रीय तहका नेताहरु समेत आकांक्षी देखिएका हुन् । प्रदेशमा सहमतिबाटै नेतृत्व चयन गर्न अन्तिम समयसम्म सर्वसम्मतिको प्रयास हुन्छ । सहमति हुन सकेन भने उच्च लोकतान्त्रिक अभ्यासबाट नेतृत्व चयन हुने एमाले स्थायी कमिटि सदस्य शेरधन राईले बताए।

​पार्टी अध्यक्षको आकांक्षी देखिएका एमालेको कोशी प्रदेश उपाध्यक्ष रहेका टिकाराम चेम्जोङ २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा निर्वाचित सांसद हुन् । धनकुटाको चौविसे निवासी चेम्जोङ एमालेको बलियो खम्बाको रुपमा रहेका छन् । २०५४ सालपछि देशभरी माधव नेपाल समूहको दवदवा भइरहेको वेलापनि धनकुटामा उनकै नेतृत्वमा ओली समुहले जिल्लाको नेतृत्व गरेको थियो । लामोसमयदेखि ओली समूहमै रहँदै आएका उनी २०४९ सालमा जिल्ला विकास समितिको उपसभापति, २०५४ सालमा जिल्ला विकास समितिको सभापति निर्वाचित भएका थिए । २०५४ सालमा पार्टी उपसचिव र २०५७ सालमा सचिवमा निर्वाचित भई २०६६ सालसम्म एमाले धनकुटाको नेतृत्व गरिसकेका नेता हुन् ।

​पार्टी अध्यक्षको चर्चामा रहेका विनोद ढकाल मोरङमा दुईपटक अध्यक्ष चलाएका व्यक्ति हुन् । उनी बलिया प्रतिस्पर्धी मानिन्छन् । विराटनगर स्थायी घर भएका ढकाल पार्टीभित्रका गुटगट राजनीति गर्ने व्यक्तिको सूचीमा रहेका छन् । संसदीय मोर्चाका सवै निर्वाचन हार्दै आएका ढकाल केन्द्रीय नेतृत्वले चाहेमा अध्यक्ष बन्न सक्छन् ।

​मोरङकै लेटाङ निवासी घनश्याम खतिवडा पनि पाका र पुराना एमाले नेता हुन् । एमालेमा लामो समय माधवकुमार नेपाल पक्षमा लागेका उनी पछिल्लो समय भने ओली क्याम्पमै बसेका थिए । उनी २०५४ सालमा मोरङ जिल्ला विकास समितिको सभापति र २०७४ सालको संसदीय निर्वाचनमा मोरङ क्षेत्र नं। १ बाट निर्वाचित सांसद हुन् ।

​हाल अध्यक्ष रहेका तुलसीप्रसाद न्यौपाने संखुवासभा निवासी हुन् । २०५४ सालमा संखुवासभा जिल्ला विकास समितिको सभापति र २०७४ सालमा प्रदेशसभा सदस्यमा निर्वाचित भएका न्यौपाने सुरुमा माधव नेपाल निकट थिए । तर, पार्टी विभाजनको समयमा माधव कुमार नेपालको साथ छोड्दै न्यौपाने पनि एमालेमै रहे । उनी केही समय प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री समेत बनेका थिए ।

​एमालेले कोशी प्रदेशका १४ जिल्ला, जनसंगठन र मनोनित गरेर १ हजार ४७ जना प्रतिनिधिहरु चयन हुनेछन् । अधिवेशनमा भूगोलबाट ९६२ जना, युवाबाट ५३, मजदुरबाट ३२ जना प्रतिनिधि छनौट हुँदा ३३४ जना महिला हुनेछन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।