‘मुलुक विकासका निम्ति दलहरु एकै ठाउँमा उभिनुपर्छ’

काठमाडौँ, १८ असोज : सांसदहरुले मुलुकको समृद्धिका निम्ति सबै राजनीतिक दलहरु एकै ठाउँमा उभिनुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रियसभाको आजको वैठकको विशेष समयमा सांसदहरुले नेताहरुले व्यक्तिगत र पार्टीगत स्वार्थभन्दा माथि उठेर मुलुक निर्माणमा लाग्नुपर्ने धारणा राख्नुभयो ।

“सबै दलहरु मिलेरै शान्ति प्रक्रियामा आएका हौँ, तर अहिले संविधान कार्यान्वयन, ऐन÷कानून बनाउने र देश विकासका विषयमा किन दलहरु एकै ठाउँमा उभिन सक्दैनन् ?”, सांसद जगप्रसाद शर्माले प्रश्न गर्नुभयो ।

मुलुकको आर्थिक विकासको निम्ति राजस्व वृद्धि गर्नुपर्ने बताउँदै सांसद शर्माले सरकारले महङ्गी र कालोबजारीको नियन्त्रण गर्नुपर्नेमा जोड दिनुभयो । सङ्घीयता, गणतन्त्र, समावेशीता र धर्मनिपेक्षतालगायत प्राप्त उपलब्धिका विरुद्धमा षड्यन्त्रहरु भइरहेको भन्दै उहाँले त्यसमा सचेत हुनुपर्ने बताउनुभयो । उहाँले बाढी, पहिरो र भूकम्पमा परी वेपत्ता हुनेहरुको खोजी तथा क्षतिपूर्तिको निम्ति सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद गोपाल भट्टराईले संविधान दिवसका अवसरमा सरकारले माफी दिन नहुनेलाई पनि आममाफी दिएको भन्दै आपत्ति जनाउनुभयो । सांसद भट्टराईले नेपालीहरुको महान चाड दसैँ अगाडि उपभोग्य सामग्रीमा भएको महङ्गी नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले बाढी, पहिरो तथा भूकम्प पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्न पनि माग गर्नुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।