अख्तियारमा तनहुँबाट धेरै उजुरी

दमौली (तनहुँ), २५ असोज : गण्डकी प्रदेशस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा तनहुँबाट धेरै उजुरी परेका छन् । । प्रदेशका ११ जिल्लामध्ये एक वर्षको अवधिमा कास्की पहिलो र तनहुँ दोस्रो धेरै उजुरी पर्ने जिल्लाका रुपमा रहेका आयोगको कार्यालयले जनाएको छ ।

तनहुँमा आर्थिक वर्ष २०७९/८० मा एक सय ९४ उजुरी परेका छन् । गत आवमा आव २०७८÷७९ बाट जिम्मेवारी सरी आएका थप ६५ उजुरी थपिएका थिए । कूल दुई सय ५९ मध्ये उक्त अवधिमा एक सय ८८ उजुरी फछ्र्योट भएका आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेशमा धेरै उजुरी पर्नेमा कास्की पहिलो र तनहुँ दोस्रो स्थानमा छन् ।

कास्कीबाट एक वर्षको अवधिमा पाँच सय ८६ उजुरी परेको थियो । अघिल्लो वर्षको सरी आएका एक सय ७४ सहित सात सय ६० उजुरी रहेकामा पाँच सय ३७ उजुरी फछ्र्योट भएका आयोग कार्यालयले जनाएको छ ।

प्रवक्ता दाहालका अनुसार गोरखामा एक सय ४० मध्ये एक सय छ, मनाङमा २४ मध्ये १८, मुस्ताङमा २५ मध्ये १६, म्याग्दीमा ९४ मध्ये ७१, लमजुङमा ६९ मध्ये ५२, नवलपुरमा एक सय ४४ मध्ये ९३, पर्वतमा एक सय ८३ मध्ये एक सय २५ र बागलुङमा एक सय ५७ उजुरी रहेकामा एक सय १९ फछ्र्योट भएका छन् ।

आयोगमा प्रदेशका जिल्लाबाट घिल्लो वर्षकोसहित गत वर्ष कूल दुई हजार १८ उजुरी दर्ता भएकामा एक हजार चार सय ३७ फछ्र्योट भएका आयोगले जानकारी दिएको छ । आयोगमा अधिकांश उजुरी स्थानीय तहका पर्ने गरेका छन् ।

स्थानीय तहले नदीजन्य वस्तुको निकासी तथा जथाभावी दोहन, दोहोरो/तेहोरो भुक्तानी र बिना काम भुक्तानी, घर नक्शा तथा बाटो, अन्य सिफारिसमा अनियमितता, करारमा कर्मचारी नियुक्ति गर्दा अनियमितता, जथाभावी भत्ता सुविधा लिने, नक्कली बिल भरपाई बनाइ भुक्तानी दिने, ठेकेदार र प्राविधिकसँग अवाञ्छित गतिविधिलगायत विषयमा उजुरी पर्ने गरेका प्रवक्ता दाहालले बताउनुभयो । उहाँका अनुसार आयोगमा तनहुँका दशवटै पालिकाका उजुरी परेका छन् । अख्तियारमा मापदण्ड बिना कार्यक्रम सञ्चालन, गुणस्तरीय काम नभएकोलगायत विषयमा धेरै उजुरी परेका दाहालले जानकारी दिनुभयो ।

स्वीकृत कार्यक्रमको लागत अनुमान, कार्यविधि, मापदण्ड नबनाइ कानुनी आधारबिना कार्यक्रम सञ्चालन, ठेक्कामा गएका पूर्वाधार आयोजनाको समय र लागतमा वृद्धि, कानुन बमोजिम गठित विभिन्न अनुगमन तथा समितिको काम कारबाही र अनुगमन फितलो देखिएको, अनुगमनकर्ता अनुगमनका सूचक र विधिबारे जानकार नभइ अनुगमन गर्ने गरेको, अनुगमनबाट प्राप्त निष्कर्ष योजना निर्माणमा समायोजन नगरिएको, कतिपय आयोजना छनोट कार्यको आवश्यकता र औचित्य पुष्टि हुन नसकेको, दोहोरो कर लिने गरेको, सरकारी, सार्वजनिक जग्गा अतिक्रमण बढेको, सरकारी उपयोगिता न्यून देखिएको, जमिनको संरक्षण गर्दै अतिक्रमण हटाउने कार्य निष्प्रभावी रहेको, रुग्ण आयोजना कार्यान्वयनमा सम्बन्धित निकायले चासो नदेखाएकोलगायत विषयमा बढी उजुरी पर्ने गरेको आयोग कार्यालयले जनाएको छ ।
-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।