कोशी प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिँदै, प्रदेशसभा बैठक जारी

विराटनगर, १ कात्तिक : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेशसभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ ।

गत असोज २७ गते मुख्यमन्त्रीमा नियुक्त उहाँले विश्वासको मत लिने प्रयोजनका लागि आज कोशी प्रदेशसभाको बैठक आह्वान गरिएको हो ।

आज १ बजेर ५ मिनेटमा सुरु भएको प्रदेशसभा बैठकमा आफ्नो सरकारलाई विश्वासको मत माग्दै मुख्यमन्त्री कार्कीले आफूले सिद्धान्त र विचारमा विचलित नभई जनताका आवश्यकता र चाहना पूरा गर्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री कार्कीले मुलुकको सङ्घीय संरचनालाई अझ बलियो बनाई अघि बढ्न सबैले सङ्कल्प गर्नुपर्ने बताउनुभयो । कोशी प्रदेशसभामा ९३ सदस्य हुनुहुन्छ र बहुमतका लागि ४७ मत चाहिन्छ ।

गत असोज २७ मा उहाँलाई नेपाली काङ्ग्रेसका आठ र नेकपा एमालेका ३९ जनाको समर्थन प्राप्त भएको थियो । प्रदेशसभा बैठकमा विश्वासको प्रस्तावका विषयमा छलफल जारी भएको र केही समयपछि मतदान हुने कार्यसूची छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।