फुट्यो एनआरएनए, भयो तीन टुक्रा

काठमाडौं— ११ औँ महाधिवेशनबाट नेतृत्व चयनमा देखिएको विवादसँगै गैरआवासीय नेपाली संघ (एनआरएनए) फुटेको छ । यद्यपि औपचारीक घोषणा हुन बाँकी नै छ ।

निर्वाचनको नतिजाप्रति विमति राख्दै आएको समूहले नयाँ एनआरएनएको औपचारिक घोषणा गर्न लागेको हो । काठमाडौंको होटल हिमालयमा अध्यक्षका प्रत्याशी आरके शर्मा र महेश श्रेष्ठसहितको भेलाले नेतृत्व चयन गर्दै महाधिवेशन सम्पन्न गर्न लागेको छ ।

एनआरएनएका उपाध्यक्ष डीबी क्षेत्रीले महेश श्रेष्ठसमेतको समर्थनमा आरके शर्मालाई नयाँ अध्यक्ष चयन गर्न लागिएको बताए । ११ औँ महाधिवेशन अन्तर्गतको निर्वाचनमा धाँधली गरेर बद्री केसीलाई अध्यक्ष बनाउने कार्य भएको तथा त्यो कार्य आपत्तिजनक भएको असन्तुष्ट समूहको भनाइ छ ।
शुक्रबार मात्रै तीन जना अध्यक्ष बद्री केसी, कुल आचार्य र रबिना थापाले निर्वाचन प्रक्रिया अर्को निर्णय नभएसम्मका लागि स्थगित गरेको घोषणा गरेका थिए ।

जसअनुसार निर्वाचनमा भएको भनिएको धाँधली १४ दिनसम्म अध्ययन गरेर त्यसपछि प्राप्त हुने रिपोर्टका आधारमा अघि बढिने आन्तरिक सहमति भएको थियो । तर, सो सहमति विपरीत बद्री केसीलाई निर्वाचन कमिटीले शनिबार नै शपथ गराइएसँगै एनआरएनएमा फुटको अवस्था आएको हो ।

यससँगै एनआरएनए तीन टुक्रा हुने छ । १० औँ महाधिवेशनबाटै विनोद कुँवरको नेतृत्वमा अर्को एनआरएनए अस्तित्वमा छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।