इजरायलमा मारिएका दीपेशको अन्त्येष्टी

इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ निम्बुखेडाका दीपेश विष्टको शव सोमबार बिहान अन्त्येष्टिका लागि महाकाली नदीमा लग्दै मृतकका परिवार र आफन्त ।
सो घटनामा मारिएका चारजना विद्यार्थीको शव आइतबार धनगढीबाट आफन्तको जिम्मा लगाइएको थियो ।
तस्बिर ः शेरबहादुर सिंह/रासस


