कर तिर्नेको बेहाल, घुमन्तेलाई मालामाल !

बलेवा (बागलुङ), १२ कात्तिक : “न नगरमा दर्ता भएको छ न व्यावसायिक कुनै ठाउँ ठेगान छ, उनैको व्यापार फस्टाएको छ, भित्रको पैसा दिन गनेर बाहिरिन्छ कसैलाई चासो छैन्”, बागलुङ उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष राजनकुमार शाक्यले बजारकै एक चोकमा व्यवसायीसँग कुराकानी गर्दै भन्नुभयो, “यो कस्तो न्याय हो, संस्थागत व्यवसायीलाई पलायन गरेर घुमन्तेको रजगज ।”

बागलुङ बजारमा फर्निचर तथा फर्निसिङ व्यवसायबाट सयौँ युवाले रोजगारी पाइराखेको अवस्थामा घुमन्ते व्यवसायीका कारण युवाको रोजगारी खोसिने अवस्था आएको उहाँले बताउनुभयो । “व्यवसायी पलायन भए रोजगारी कसले दिन्छ ? रोजगारी नपाए युवा विदेश जान्छन्, उनीहरु आश्रित परिवारको विचल्ली”, उहाँले भन्नुभयो ।

स्थानीय सरकारले घुमन्ते व्यवसायीलाई करको दायरामा ल्याउने र स्वदेशी व्यवसायीको प्रोत्साहन गर्नुपर्ने उहाँको धारणा थियो । शाक्यले भनेजस्तै नेपाल वन पैदावर उद्योग व्यवसायी सङ्घ र फर्निचर तथा फर्निसिङ व्यवसायी सङ्घले बागलुङ नगरपालिकालाई यो विषयमा सचेतसमेत गराइसकेका छन् ।

बागलुङ बजारमा दर्ताबिना फर्निसिङको काम गर्ने घुमन्ते व्यवसायीका कारण कर तिर्ने व्यवसायी मर्कामा परेको उनीहरुको धारणा छ । शाक्यले घुमन्ते व्यवसायीले बर्सेनि बागलुङबाट करोडौँ रुपैयाँ देश बाहिर पु¥याएको बताउनुभयो । फर्निचर तथा फर्निसिङ व्यवसायमार्फत केकति रकम बाहिरिन्छ भन्ने तथ्याङ्क छैन । घुमन्ते फर्निसिङ व्यवसायीका कारण बजारमा स्वस्थ प्रतिस्पर्धा हुन नसकेको, कर तिरेर फर्निचर उद्योग सञ्चालन गर्ने व्यवसायी मर्कामा परेको शाक्य बताउनुहुन्छ । उहाँ फर्निचर व्यवसायीसमेत हुनुहुन्छ ।

आर्थिक मन्दीको कारण जिल्लाका फर्निचर उद्योगी व्यवसायी धरासायी हुँदै गएका कारण उद्योगमा काम गर्ने श्रमिकको जीविकोपार्जनमा समस्या आएको भन्दै कर छली गरी सञ्चालन भएका घुमन्ते व्यापारीलाई कानुनी दायरामा ल्याउन नगरपालिकालाई बुझाइएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

बागलुङमा भारतीय मुलका फर्निसिङ व्यापारी तथा कामदारले दर्ताबिना घर, होटल, रेष्टुरेन्ट तथा कार्यालयको फर्निसिङ तथा डेकोरेसनका काम गर्दै आएका छन् । उनीहरुका कारण आमउपभोक्ता ठगिएको भन्दै व्यवसायीले नगरपालिकाको ध्यानाकर्षण गराएका हुन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।