नेप्से परिसूचकमा गिरावट जारी

काठमाडौँ, १२ कात्तिक : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २८ दशमलब १८ अङ्कले ओरालो लागेर एक हजार आठ सय ७५ दशमलब ६५ मा सीमित भएको छ । यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलब १६ अङ्कले ओरालो लागेर तीन सय ६१ दशमलब ९४ मा सीमित भएको छ ।

कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा गिरावट भएको छ । कूल २७ लाख १२ हजार एक सय २३ कित्ता शेयर रु ७४ करोड २९ लाख २५ हजार तीन सय ९२ मूल्यमा कारोबार भएको छ । कारोबारका आधारमा नेशनल हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु चार करोड आठ लाख ५६ हजार तीन सय १५ मूल्यमा खरिदबिक्री भए । यस्तै, हाथवे इन्भेस्टमेन्ट नेपाल रु दुई करोड ४७ लाख २७ हजार ,सिटिजन लाइफ इन्स्योरेन्स रु दुई करोड ३० लाख चार हजार एक सय ८३, नविल बैंक रु दुई करोड १७ लाख ३७ हजार छ सय ५२ र घोराही सिमेन्ट रु एक करोड ९९ लाख एक हजार चार सय ३४ मूल्यमा कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार माथिल्लो सोलु हाइड्रो आठ दशमलब ९९, सिवाइसी नेपाल लघुवित्त छ दशमलब ६०, घलैम्दी हाइड्रो पाँच दशमलब ७१, बीपीडब्ल्यू लघुवित्त पाँच दशमलब ६२ र सयपत्री हाइड्रोपावरका लगानीकर्ताले तीन दशमलब ६७ प्रतिशतले कमाएका छन् । यस्तै, सोनापुर मिनरल्स १०, नेशनल हाइड्रोपावर सात दशमलब ९२, एनआइबीएल प्रगति फण्ड पाँच दशमलब ५७, एनआइसी एशिया ग्रोथ फण्ड पाँच दशमलब ५३ र इन्ग्वा हाइड्रोपावरका लगानीकर्ताले पाँच दशमलब ३३ प्रतिशतले गुमाएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।