ताप्लेजुङमा आइटी एकेडेमी स्थापना

ताप्लेजुङ : समुदायलाई सूचना प्रविधिसम्बन्धी सीप प्रदान गर्दै रोजगारी सृजना गर्ने उद्देश्यले ताप्लेजुङमा आइटी एकेडेमी स्थापना गरिएको छ । ह्युमन प्राक्टिस फाउण्डेशन (एचपिएफ) को समन्वय र दाताको आर्थिक सहयोगमा सदरमुकामस्थित भानुजन माध्यामिक विद्यालय परिसरमा आइटी एकेडेमीको स्थापना गरिएको हो ।

आइटी एकेडेमीको भवन निर्माण सम्पन्न भएसँगै सूचना प्रविधिसम्बन्धी प्रशिक्षण प्रारम्भ भएको छ । मुख्य लगानीकर्ता डेनमार्कका वाल्डेमार स्मिथले भवनको उद्घाटन सँगै समुदायलाई हस्तान्तरण गर्नुभयो । आइटी एकेडेमी स्थापनामा रु पाँच करोड ६९ लाख ५१ हजार तीन सय ६२ लगानी भएको छ । भानुजन माध्यामिक विद्यालयले करिब रु एक करोड १० लाख लगानी गरेको छ ।

उद्घाटन कार्यक्रममा वाल्डेमार स्मिथले आइटी एकेडेमीले रोजगारलगायतका अवसर सृजना हुनुका साथै समृद्ध समाज निर्माणमा सहयोग पुग्नेमा विश्वास व्यक्त गर्नुभयो । उहाँले लगानीका लागि अन्य दातासँगसमेत समन्वय गर्नुभएको थियो । हाल उक्त एकेडेमीमा ग्राफिक्स डिजाइन र डिजिटल मार्केटिङका कक्षा सञ्चालनमा छन् भने भविष्यमा अन्य आइटीसम्बन्धी कोर्षसमेत सञ्चालनमा ल्याउने तयारी भएको एकेडेमीका प्रमुख वसन्त पालुवाले बताउनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।