प्रविधिको विकाससँगै व्यक्तिगत चिठीपत्र घट्दै

घोराही (दाङ), ७ मङ्सिर ः कुनै समय सञ्चारको सबैभन्दा विश्वासिलो र भरपर्दाे माध्यमका रूपमा हुलाक सेवा थियो तर अहिले यो सेवा सुस्ताएको छ । सूचना र प्रविधिको विकासका कारण हुलाक सेवाको अस्तित्व सङ्कटमा परेको हो । व्यक्तिगत, पारिवारिक, सामाजिक र सरकारी सूचना आदानप्रदान गर्न भरपरर्दो आधार बनेको हुलाकलाई सरकारले समयसापेक्ष परिवर्तन गर्न नसक्दा र प्रविधिसँगसँगै अघि बढाउन नसक्दा सुस्ताएको जानकारहरुको तर्क छ ।
विगतमा हुलाक सेवाले नागरिकको घरदैलोमा सेवा उपलब्ध गराउँदै आए पनि सूचना प्रविधिमा भएको विकास र ग्रामीण क्षेत्रमा पनि इन्टरनेटको पहुँचका कारण हुलाकको अस्तित्व जोखिममा पर्न थालेको हो । एक दशक अघिसम्म आम नागरिकको भरोसा बनेको हुलाक सेवा अहिले सरकारीपत्र र केही व्यक्तिगत काममा मात्र सीमित छ ।

प्रविधिको विकाससँगै हुलाक कार्यालयमार्फत आदानप्रदान हुने व्यक्तिगत चिठीपत्रमा कमी आएको छ । एक ठाउँको सन्देश अर्को ठाउँमा पठाउन इन्टरनेट र मोबाइल फोन सजिलो माध्यम भएकाले व्यक्तिलाई पठाउने चिठीमा कमी आएको हो । व्यक्तिको नाममा आउने चिठी ९९ प्रतिशतले घटेकोे जिल्ला हुलाक कार्यालयका प्रमुख सोभाराम बस्नेतले जानकारी दिनुभयो ।

त्यस्तै धेरैजसो सरकारी कार्यालयका चिठीपत्र आदानप्रदान पनि काम हुँदै आएको उहाँको भनाइ थियोे । हाल दैनिक सरदर डेढ सयदेखि दुई सय ५० वटासम्म चिठी आउने गर्दछन् । जिल्लाका उपमहानगर, नगर, गाउँपालिका तथा वडाका पत्र आउने प्रमुख बस्नेतले बताउनुभयो । अन्य चिठी आउन छोडे पनि हुलाकको काम भने घटेको छैन् ।

हाल हुलाक कार्यालयले चिठीपत्र दर्ता, टिकट बिक्री, हुलाक बैंक सेवा, धनादेश सेवा, पाँच सयबाट क्षमताका एफएम रेडियो नवीकरण, केवल टेलिभिजन नेटवर्कको नवीकरण तथा राजस्व बुझ्ने, सूचनाको हक कार्यान्वयन गर्ने गराउने, जिल्लाका सबै सार्वजनिक निकायमा सूचना अधिकारी तोक्न लगाउने, नागरिक बडापत्र राख्न लगाउने तथा त्यसको अनुगमन गर्ने कार्य गर्दै आएको उहाँले बताउनुभयो ।

बितेको तीन आर्थिक वर्षमा यस कार्यालयमा रु एक करोड ६६ लाखभन्दा बढी राजस्व सङ्कलन भएको थियो । आर्थिक वर्ष २०७७÷७८ मा ५७ लाख ७७ हजार पाँच सय १२ रुपैँया एक पैसा सङ्कलन भएको कार्यालयले जनाएको छ । जसमा सरकारी सम्पत्ति बाहालबाट रु एक लाख ६५ हजार छ सय ३३, हुलाक सेवा शुल्कबाट रु ४८ लाख ६२ हजार चार सय ५७ र अन्य बाँडफाँडबाट रु सात लाख ४९ हजार चार सय २२ गरी रु ५७ लाख ७७ हजार पाँच सय १२ राजस्व सङ्कलन भएको थियो ।

यस्तै आर्थिक वर्ष २०७८÷७९ मा राजस्व सङ्कलन बढेर ५९ लाख पुगेको थियो । जसमा सरकारी सम्पत्ति बाहालबाट रु एक लाख ९७ हजार नौ सय ३७, सरकारी सम्पत्ति बिक्रीबाट ४५ हजार चार सय २८, हुलाक सेवा शुल्क बाट ४९ लाख ७४ हजार एक सय १९, बेरुजु ५० हजार र अन्य बाँडफाँडबाट रु छ लाख ६२ हजार तीन सय ८६ गरी गरी रु ५९ लाख २९ हजार आठ सय ७० राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।

आर्थिक वर्ष २०७९÷८० मा राजस्व सङ्कलन घटेको थियो । २०७८÷७९ भन्दा २०७९÷८० मा आएर नौ लाख ७४ हजार दुई सय ४२ रुपैंयाले राजस्व सङ्कलन घट्न पुग्दान रु ४९ लाख ५५ हजार बढी राजस्व सङ्कलन भएको कार्यालयको तथ्याङ्कले देखाएको छ । जस्मा सरकारी सम्पत्तिको बाहालबाट रु ३३ हजार नौ सय ६३, हुलाक सेवा शुल्कबाट रु ४३ लाख २० हजार नौ सय ९४ र अन्य बाँडफाँडबाट रु तीन लाख ३६ हजार ७१ ५९ लाख ५५ हजार छ सय २८ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ ।
–रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖