पुनः निर्वाचन गर्न माग

काठमाडौँ, १२ कात्तिक : गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को राजेन्द्रकुमार (आरके) शर्मा समूहले अनलाइन प्रणालीमार्फत गत महिना सम्पन्न निर्वाचनमा योजनाबद्धरूपमा धाँधली भएको आरोप लगाउँदै पुनः निर्वाचनको माग गरेको छ ।

एनआरएनए आरके समूहद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा निर्वाचन प्रक्रियाअन्तर्गत प्रतिनिधि छनोटदेखि मतदान र नजिता सार्वजनिक हुँदासम्म योजनाबद्धरूपमा धाँधली भएकाले पुनः निर्वाचनको माग गरिएको छ ।

सङ्घका अध्यक्षको प्रत्यासी आरके शर्माले एनआरएनएको एकता,विश्वसनियता, तटस्थता र सुदृढीकरणका पक्षमा जस्तोसुकै त्याग गर्न आफू तयार रहेको स्पष्ट गर्दै निर्वाचनपछि उत्पन्न विवादका सन्दर्भमा सम्बद्ध सरकारी निकायलाई जानकारी गराउँदा पनि सुनुवाइ नभएको भनी गुनासो व्यक्त गर्नुभयो ।

सो समूहका बुद्धिसागर सुवेदीले विश्वभर छरिएर रहेका गैरआवासीय नेपालीको साझा संस्थाका रूपमा रहेको सङ्घलाई अझ विश्वसनीय र सुदृढ तुल्याउन पुनः निर्वाचन हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

सो समूहले गैरआवासीय नेपाली नागरिकता व्यवस्था गरेकामा नेपाल सरकारलाई धन्यवाद दिँदै पहिलो पुस्ताका नेपालीलाई बंशजको आधारमा नागरिकता उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गरेको छ । जाजरकोट भूकम्पका पीडितलाई यथासक्य राहत सहयोग उपलब्ध गराएको उल्लेख गर्दै एनआरएनएले आगामी दुई वर्षभित्र रु १० करोड राशीकोआपत्कालीन राहत तथा उद्धार कोष बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।–––

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।