ब्रिट्रिस आर्मीका रिटायर्ड मेजर राईको दुर्घटनामा निधन

लण्डन । गत २९ नोभेम्बरका दिन सडक दुर्घटनामा परि ब्रिट्रिस आर्मीका रिटायर्ड मेजर गणेश राईको निधन भएको छ ।

प्राप्त जानकारी अनुसार आफ्नो गाडी एक कार संग सामान्य ठोक्किए पछि रोडको साइडमा रोकेको अवस्थामा पछाडीबाट ठूलो मालबाहक गाडी लोरीले ठक्कर दिएको भनिएको छ ।

उक्त दिन मेजर राई सानो औडि गाडी लिएर घरबाट निस्किएका थिए । ठूलो गाडी लिएर निस्किएको भए दुर्घटना नहुन सक्थ्यो कारण ठूला गाडी र महंगा गाडीमा सेफ्टि मजबुत हुने गर्दछ ।

भोजपुर पुर्ख्यौली घर र आर्मी नम्बर २११६८८६० भएका ५० वर्षीय राई टुआरजीआरमा कार्यरत थिए । ३२ वर्ष सेवा गरेपछि उनी केही महिनाअघि मात्र सेवाबाट अवकास पाएका थिए । उनी हाल ब्राकनेलमा बस्दै आएका थिए ।

उनको श्रीमती र दुई छोरी रहेका छन् । भोजपुर र धरानमा बसोबास गर्ने उनका आफ्ना भाई पदम राई राज्य मन्त्री पनि बनेका थिए । मेजर राई अध्ययन, साहित्य लेखन र वाद्यवादनमा राम्रो ज्ञान राख्दथे ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।