समुदाय प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी

काठमाडौँ, १९ मङ्सिर : प्रहरी प्रधान कार्यालयले समुदाय–प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी देखिएको बताएको छ । समाजमा शान्ति सुरक्षा तथा अपराध नियन्त्रणका लागि सञ्चालन भएको उक्त कार्यक्रमको पाँच वर्षको समीक्षा गर्दै प्रहरीले उद्देश्यअनुसार कार्यक्रम प्रभावकारी भएको निष्कर्ष निकालेको छ ।

विसं २०७५ कात्तिकबाट सुरु भएको उक्त कार्यक्रमको पाँच वर्षमा देशभर गरेर एक करोड नागरिकलाई सचेतना कार्यक्रममा सहभागी गराइएको केन्द्रीय प्रहरी प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले बताउनुभयो । उहाँका अनुसार सो अवधिमा एक सय वटा शीर्षकमा देशभर एक लाख ८४ हजार पाँच सय ३५ वटा सामुदायिक कार्यक्रम सञ्चालन भएका र यसबाट कूल एक करोड दुई लाख ९८ हजार सात सय चारजना नागरिक प्रत्यक्ष लाभान्वित भएका छन् ।

उक्त कार्यक्रमका माध्यमबाट सात सय ५३ वटा स्थानीय तहसँग साझेदारी निर्माण गरी कार्यान्वयन गर्न औपचारिक समझदारी भएको थियो । जसअनुसार वृहत् रूपमा सामुदायिक सुरक्षा संस्थागत गर्न जिल्ला, पालिका, वडा, टोल र विद्यालय तहसम्म कूल २३ हजार नौ सय ९२ साझेदारी समिति गठन भएका छन् ।

समुदाय–प्रहरी साझेदारी अवधारणा, २०७५ बमोजिम सामुदायिक सुरक्षा अभिवृद्धि गर्न स्थानीयस्तरमा नेपाल प्रहरी, स्थानीय तह, सरकारी निकाय विद्यमान सामुदायिक प्रहरी तथा सामुदायिक सेवा केन्द्र, विभिन्न क्षेत्रका गैर राजनीतिक सामुदायिक र सामाजिक सङ्घ संस्था, महिला, बालबालिका र युवासम्बन्धी सङ्घ संस्था, माध्यमिक तह (कक्षा १२ सम्म) का विद्यालय, शिक्षासँग सम्बन्धित सङ्घ संस्था र समाजका लब्धप्रतिष्ठित व्यक्तिको सहभागिता हुने गरी समिति गठन गरिएको थियो ।

लागुऔषधविरुद्ध जनचेतनामूलक करिब २० हजार कार्यक्रम भएका र त्यसबाट १० लाख ४३ हजारभन्दा बढी मानिसमा सचेतना पु¥याइएको छ । महिला हिंसा न्यूनीकरण सम्बन्धमा १३ हजार छ सयभन्दा बढी कार्यक्रमबाट छ लाख ८५ हजारभन्दा बढी नागरिक समक्ष सचेतना पु¥याइएको प्रहरीले जनाएको छ । विसं २०३९मा घरदैलो कार्यक्रमबाट सुरूवात भएको साझेदारी अवधारणा नेपाल प्रहरीले विभिन्न समयमा अख्तियार गरेका निर्देशिका, विधान र कार्ययोजना जस्ता सामुदायिक प्रहरी सेवा स्थापनाका आधार र निर्णयबाट समुदाय–प्रहरी साझेदारी कार्यक्रम २०७५ कात्तिक ११ गतेदेखि सुरूवात भएको हो ।

सामुदायिक सुरक्षा अभिवृद्धि गर्ने तथा स्थानीयस्तरमा हुने सेवा प्रवाहलाई प्रभावकारी बनाउँदै नागरिक र प्रहरीबीचमा सम्बन्ध स्थापित गर्ने यस अवधारणाको उद्देश्य, आवश्यकता र औचित्य पुष्टी भएको प्रहरीले जनाएको छ । अवधारणाअन्तर्गत हाल पाँच सय २८ जना जनशक्ति कार्यरत छन् भने एक सय ८५ वटा सामुदायिक प्रहरी सेवा केन्द्र प्रत्यक्ष खटिएका छन् ।
-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।