प्रेस चौतारीको लेखनवृत्ति, उत्कृष्टलाई तीस हजार र ट्रफी

काठमाडौं । प्रेस चौतारी नेपालले समृद्धिका लागि संकल्प यात्रा विषयमा लेखनवृत्ति प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रेस चौतारी नेपालको मंसिर १२ र १३ गते दार्चुलामा सम्पन्न केन्द्रीय समितिको तेश्रो बैठकले सो प्रतियोगिता गर्ने निर्णय गरेको हो ।

नेकपा एमालेको मध्य पहाडी पुष्पलाल लोकमार्ग “झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा” सन्दर्भमा हुने लेखनवृत्ति प्रतियोगिताको लागि केन्द्रीय सदस्य समीर बलामीको संयोजकत्वमा केन्द्रीय सदस्यहरु नरेश भण्डारी, रामचन्द्र प्रजापति, सजिव कालाखेती र अमिर लामा रहेको पाँच सदस्यिय समिति गठन गरेको छ ।

मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै पौष १७ गते भित्र “नेकपा एमालेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा र मध्य पहाडी पुष्पलाल लोकमार्गले पारेको प्रभाव” विषयमा रहेर स्टोरी र फिचर लेखि प्रेस चौतारी नेपालको इमेल आईडी presschautarinepal@gmail.com र journalistsameer25@gmail.com मा पठाउन आह्वान गरेको छ । साथै ९८५११६२३८४ नं. को भाईवर वा वाट्सएपमा समेत लेख पठाउन सकिने प्रेस चौतारीले जनाएको छ । प्रतियोगिताको लागि डा. रघु मैनालीको संयोजकत्वमा देवराज आर्यल र निर्मला शर्मा रहेको तीन सदस्यीय निर्णायक समिति गठन गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतियोगिताबाट प्रथम, द्धितिय र तृतियका साथै १० वटा सान्त्वना लेखहरु छनौट हुने जनाएको छ । प्रथम, द्धितिय र तृतियलाई क्रमश तीस, बिस र पन्ध्र हजारका साथै सान्त्वनामा तीन हजारसहित ट्रफी र प्रमाण पत्र प्रदान गरिने संयोजक समीर बलामीले बताएका छन् ।

मध्य पहाडी पुष्पलाल लोकमार्गको वस्तुस्थिती र अवस्था, जनजीवनमा पारेको प्रभाव, पुष्पलाल लोकमार्ग र नेकपा एमालेको सम्बन्ध, नेकपा एमालेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको उद्देश्य, उपलब्धी र अभियानको सविस्तार, पुष्पलाल लोकमार्गले स्थापीत गरेको १० नयाँ शहरहरुको वस्तुस्थिती र संभाव्यता, पहाडी जिल्लाबाट भइरहेको बढ्दो बसाँई सराई र त्यसले पार्ने प्रभावलगायतका विषयमा रहेर खोज तथा अध्ययनमूलक र तथ्याङ्कगत लेख रचना, स्टोरी र फिचरहरु लेख्नु पर्ने पनि विज्ञप्तिमा उल्लेख छ ।

लेख रचना, स्टोरी र फिचर कम्तिमा २००० शब्द र बढिमा ५००० शब्दको हुनुपर्ने र उक्त रचना कुनै पनि संचार माध्यम वा कहिँ कतै प्रकाशित नभएको हुनुपर्ने प्रेस चौतारीले जनाएको छ । आगामी माघ २२ गते प्रेस चौतारी नेपालको स्थापना दिवस पारेर छनौट भएको लेख, स्टोरी र फिचरहरु समावेश स्मारीका प्रकाशन गरि विमोचन गर्नुका साथै विजेताहरु घोषणा गरि पुरस्कृत गरिने प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले बताएका छन् ।

विज्ञप्ति :

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।