बेलायत पढन आएको चार दिनमै एक विद्यार्थीको निधन

बेलायत । गत २९ नोभेम्बर बुधबार मात्र पढ्न बेलायत आइपुगेकी कमला गुरुङको चारदिनमै असामयिक निधन भएको हो ।

२२ जनवरी, १९९२ मा जन्मिएकी उनको स्थायी घर ओरस्ते ४ बिरुवा स्याङ्जामा रहेको बताइएको छ ।

बीपीपी यूनिभर्सिटी वेष्ट लण्डनमा मास्टर्स गर्न आएकी ३१ बर्षकी कमलालाई डिसेम्बर ३ तारिख बिहान पेट दुख्ने, वान्ता र दिसा लागेपछि घरमै तातोपानी ख्वाएर राखिएको थियो ।

दिउसो ३ बजेतिर सिकिस्त भएपछि एम्बुलेन्स बोलाएर रेडिङस्थित रोयल बर्कसायर अस्पतालको इमर्जेन्सी लगियो । तर साँझ ८ बजेतिर अस्पतालका ‘इन्टरप्रेटर’ ले उनको आफन्तलाई कल गरेर कमला बितेको खवर दिएका थिए ।

गुरुङको श्रीमान् भोलि (मंगलबार) दिउँसो बेलायत आइपुग्दैछन् । बेलायतमा यसअघि नेपाली विद्यार्थी सदीक्षा तामाङको पनि अचानक निधन भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।