कोशी प्रदेशसभा बैठकमा ‘कोशी प्रदेश समायिक राजस्व सङ्कलनसम्बन्धी विधेयक, २०८०’ माथिको सैद्धान्तिक छलफल समाप्त

विराटनगर, २० मङ्सिर :कोशी प्रदेशसभाको आज बसेको बैठकमा ‘कोशी प्रदेश समायिक राजस्व सङ्कलनसम्बन्धी विधेयक, २०८०’ माथिको सैद्धान्तिक छलफल समाप्त भएको छ ।

सो छलफलमा कोशी प्रदेशसभा सदस्य विदुरकुमार लिङ्थेप, खड्गबहादुर बस्नेत र गीतादेवी रेग्मीले धारणा राख्नुभएको थियो ।

सैद्धान्तिक छलफलमा उठेका विषयमा मुख्यमन्त्री केदार कार्कीका तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री शम्शेर राईले जवाफ दिँदै सरकारले उपयुक्त ठानेर यो विधेयक ल्याएको पुष्टि गर्नुभयो ।

विशेष समय

नेकपा (एमाले) संसदीय दलका तर्फबाट कोशी प्रदेशसभा सदस्य तिलकुमार मेङ्याङ्बोले सबै सम्भावना भएका पहाडी जिल्लाबाट हुने गरेको बसाइँसराइ रोक्न सरकारले ठोस योजना बनाउनुपर्ने माग गर्नुभयो । उहाँले वातावरण, ऊर्जा, फलफूल र तरकारी खेतीको प्रचुर सम्भावना रहेको यो क्षेत्रबाट मानिसहरु बसाइँसराइ गर्नाका कारण शिक्षा र स्वास्थ्य भएकाले यसतर्फ सरकारले ध्यान दिई गुणस्तरीय शिक्षा र स्वास्थ्य संस्थाको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।

नेकपा (एकीकृत समाजवादी) का खिनु लङ्वा लिम्बूले भाषा आयोगले कोशी प्रदेशका लागि कामकाजको भाषा मैथिली र लिम्बू कायम गर्न दिएको सुझावअनुसार यस प्रदेशका लागि तयार भएको विधेयकको मस्यौदा सदनमा पेस गर्न माग गर्नुभयो ।

राप्रपा संसदीय दलका प्रेमराज थाम्सुहाङले सरकारले आम नागरिकलाई रोजगार, शिक्षा र स्वास्थ्यका कार्यक्रम ल्याउन माग गर्नुभयो ।

शून्य समय

आजको बैठकको शून्य समयमा बोल्दै प्रदेशसभा सदस्य कमला दर्नालले प्रदेशसभामा सभामुखको व्यवस्था होस् भन्नुभयो । अर्का सदस्य गीतादेवी रेग्मीले संविधानबाट प्राप्त अधिकारको कार्यान्वयन गर्न पिछडावर्गको हितमा काम गर्नुपर्ने धारणा राख्नुभयो ।

प्रदेशसभाको अर्को बैठक यही मङ्सिर २४ गते दिउँसो १ बजे बस्नेछ ।
–रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।