हात्ती करिडोर बनाएर पर्यटन प्रवर्दन गर्न सकिन्छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कुनै पनि बाहानामा जनताको काममा ढिलासुस्ती गर्न नहुने बताएका छन् ।

विहीबार पर्यटन वन तथा वातावरण मन्त्रालय कोशी प्रदेशको आर्थिक वर्षको प्रथम चौमासिक गोष्ठीमा बोल्दै मुख्यमन्त्री कार्कीले बजेट कार्यान्वयनका लागि हिँडेर नपुगिने भन्दै दौडनु पर्ने अवस्था भएको बताए ।
बजेट कार्यान्वनका लागि आइपर्ने समस्या समाधान गर्न सरकार तयार रहेको बताउँदै उनले यसबारे अध्ययन गरी निश्कर्ष ल्याउन निर्देशन दिए ।

“हामीले कुनैपनि बाहानामा ढिलासुस्ती गर्न सक्दैनौं । तपाईहरु निस्फिक्री भएर काम गर्नुहोस जनताका पक्षमा काम गर्दा आइपर्ने समस्या समाधान गर्न सरकार तयार छ । के मा समस्या छ अध्ययन गर्नुहोस् ।” मुख्यमन्त्री कार्कीले वनसँग पर्यटन जोडिएको उल्लेख गर्दै वन हुँदै पर्यटकको माध्ययमबाट आर्थिक चलायमान पनि बढ्ने जिकिर गरे ।
“हामी भारतको हात्ती आयो भन्छौं । तर हात्ती आउन दिने वातावरण बनाऔं ।

हात्ती हेर्ने पर्यटक भित्र्याएर हामीले पर्यटनको विकास पनि गर्न सक्छौं,” मुख्यमन्त्री कार्कीले भने । मुख्यमन्त्री कार्कीले जंगली जनावरको बास स्थान संकटमा पर्दै गएको र खानेकुराको समेत अभाव हुन थालेको बताए । जंगलमा भएका खानेकुरामा मासिनको हस्तक्षेप हुन नहुने र यो नभए जनावर गाँउ नपस्ने भन्दै उनल हत्ती करिोडको लागि प्रदेश सरकारले पहल गर्ने बताए । “करिडोरमा भएका स्थानीयलाई मुआब्जा दिएर अर्को बस्तीमा स्थानान्तरण गर्न सरकार तयार छ,” उनले भने । करिडोर अवलोकन गर्न पर्यटकलाई समेत लग्न सकिने कार्कीको भनाइ छ ।

दुई दिनसम्म चल्लने कार्यक्रममा कोशी प्रदेशका पर्यटन वन तथा वातावरण मन्त्री गणेश उप्रेती, कोशी प्रदेशका प्रमुख सचिव डा. दीपक काफ्ले, प्रकृति संरक्षण कोषका अध्यक्षलगायत १४ वटै जिल्लाका बन कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु सहभागी छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।