भारतको बोधगयामा ७ दिन सम्म सञ्चालन हुने काग्यु मोन्लम छेन्मोमा नेपालबाट ६ हजार भन्दा बढी भक्तजन सहभागी
बोधगया(भारत) । बोधगयामा बौद्द धर्मावलम्बीहरुको काग्यु मोन्लम छेन्मो ( महापुजा ) धर्म गुरु १७ ओै अवातारी कर्मपा रेम्पोछेबाट भईरहेको छ ।
भारतको बोधगयामा ७ दिन सम्म सञ्चालन हुने काग्यु मोन्लम छेन्मोमा नेपालबाट ६ हजार भन्दा बढि भक्तजन सहभागी भएकाछन् ।
डिसेम्बर १५ देखि २१ सम्म सञ्चालन हुने काग्यु मोन्लम छेन्मो( महापुजा) मा सहभागी हुन लामा ,भिक्षु, उपासाक उपासिकाको उल्लेखित संख्यामा सहभागीता रहेको आयोजक कमिटी तथा योल्मो काग्यु साङग लाछोमका अध्यक्ष दुङजिम लोपोन रिम्पोछेले जानकारी दिनुभयो । नेपाल , भारत , भुटान लगायत विभिन्न ठाउँबाट जम्मा १५ देखि १७ हजार भक्तजनको सहभागी रहेको रेम्पोछेले बताउनुभयो ।
काग्यु मोन्लाम छेन्मो बौद्द धर्मवलाम्बीले प्रणीधान अर्थात विशेष गरेर विश्व शान्तिको लागि गरिन्ने रिम्पोछेले बताउनु भयो । सबैमा सकारात्मक साेचबिचार , हत्या हिंसात्मक गतिविधि ,र सुख शान्ति उत्तरतर प्रगतिको कामना गर्दै धर्म गुरु १७ ओै अवातारी कर्मपा रेम्पोछेबाट भईरहेको दुङजिन लोपोन रेम्पोछेले जानकारी दिनु भयो ।
काग्यु माेन्लम छेन्मो ( महापुजा) सबैभन्दा पहिला गाैत्तम वुद्व जन्म स्थल लुम्बिनीबाट सुरुवात भएपनि पछिल्लो समय बुद्व गया भारतमा हुदै आइरहेको दुङजिन लोपन रेम्पोछेले जानकारी दिनुभयो ।
हेर्नुहोस् तस्बीरमा :-













