दुबईमा ३० करोड बराबरको नेपाली रेष्टुरेन्ट र क्लब संचालनमा

युएई । वैदेशिक रोजगारको प्रमुख गन्तव्य स्थल युएईमा नेपाली रेष्टुरेन्ट र क्लव संचालनमा ल्याएको छ । करिब ३० करोड भन्दा बढी नेपाली रुपैयाँ लगानीमा संचालनमा ल्याएको हो ।

बरदुबइको पुरानो एचएसबिसी बैंकको एम फ्लोरमा सबैं सुविधा उपलब्ध हुनेगरी व्यवस्थित र सुविधा सम्पन्न काष्ठमाण्डप नेपाली रेष्टुरेन्ट र क्लव एसके सेभन हिजोबाट संचालनमा आएको क्लबका महाप्रबन्धक जेम्स गुरुङले जानकारी गराए ।

नेपाली स्वाद,नेपाली परिकार साथै शुद्धता, सरसफाई, गुणस्तर, पारिवारिक वातावरण, बैंठक तथा सभा हल, पर्याप्त पार्किङ उक्त रेष्टुरेन्ट र क्लबको प्रमुख विशेषता रहेको छ । रेष्टुरेन्टबाट बरदुवईको सुन्दर रमणीय दृश्य समेत अवलोकन गर्न पाइनेछ ।

दुबईको मुख्य सहर, विश्वभरबाट आउने पर्यटकको मुख्य गन्तव्य भएका कारण ग्राहकलाई सुविधा हुने रेष्टुरेन्ट व्यवस्थापकको विश्वास छ । रेष्टुरेन्टको १ सय ९ जना सम्म क्षमता रहेको छ । एकैंपटक १ सय भन्दा धेरैं ग्राहकलाई सहज सुविधायुक्त ढंगले सेवा दिन सकिनेछ ।

नेपालीहरु विदेशमा काम गर्न मात्रै हैन व्यापार पनि आउछन् भन्ने सन्देश पनि जानेगरी नेपाली समुदायलाई सुविधाजनक ढंगले गुणस्तरयुक्त सेवा दिनको लागी रेष्टुरेन्ट र क्लब संचालनमा ल्याएको सञ्चालक सरोज बिष्टले बताए । ‘ मध्यम खर्चमा पनि स्वस्थ खाना र पुर्ण मनोरञ्जन दिने उदेश्यले रेष्टुरेन्ट र क्लव स्थापना गरिएको छ ।

‘विश्वमा नेपाली स्वाद र नेपाली खानाको परिकार कस्तो हुन्छ भन्ने चिनाउनुछ । हामी नेपाली कामदार मात्रै हैन व्यापार गर्न सक्छौं भन्ने सन्देश दिनुछ, विश्वभर शाखा बिस्तार गर्ने अभियान हामीले युएईबाट सुरु गरेका छौँ । हामीसंग काम गर्ने सबै कामदार नेपालीहरु नै रहनेछ विष्टले बताए ।

करिब ९ सयजना भन्दा बढी क्षमता भएको क्लव एसके सेभेनमा आधुनिक प्रविधि जडान गरिएको छ । क्लवमा साउण्ड सिष्टम, लाईटिङ लगायतका आधुनिक प्रविधि जडान गरि उत्कृष्ट व्यवस्थापन गरिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।