सुप्रसिद्ध गीतकार हरि उप्रेतीको अध्यक्षतामा आप्रवासी नेपाली गीतकार संघ अमेरिका गठन

ओहायो,अमेरिका : प्रवासमा रहेर नेपाली भाषा साहित्यको संरक्षण र श्रीवृद्धिमा निम्ति गीत सृजना मार्फत आफ्नो मौलिक पहिचान जोगाउन सकिने हेतुले उत्तर अमेरिकामा रहनुहुने गीतकार एवं सर्जकहरू द्वारा एक गैरमुनाफा संस्था ” इमिग्रेन्ट नेपाली लिरिसिस्ट एसोसिएसन यू एस ए” आप्रवासी नेपाली गीतकार संघ अमेरिकाको स्थापना भएको छ। चर्चित एवं लोकप्रिय गीतकार हरि उप्रेतीको नेतृत्वमा संस्था स्थापना गरिएको हो।

उप्रेतीको नेतृत्वमा रहेको उक्त संस्थामा लोकप्रिय एवं प्रसिद्ध साहित्यकार एवं गीतकार अनु शाह उपाध्यक्षमा रहनु भएको छ भने महासचिवमा गीतकार नारद रिजाल, कोषाध्यक्षमा गीतकार रमेश लुइँटेल रहेका छन्। त्यसैगरी बोर्ड अफ डिरेक्टरमा गीतकार डा. राजेश कुमार शाक्य, गीतकार एवं साहित्यकार केशव बैरागी, गीतकार एवं गायक तिलचन आचार्य, सुप्रसिद्ध गीतकार सुनिता थापा बस्नेत रहनु भएको संस्थाका अध्यक्ष उप्रेतीले जानकारी गराउनुभयो। चार प्रमुख कार्यकारी समेत रहने गरी जम्मा एघार जनाको बोर्ड अफ डाइरेक्टर रहने उक्त संस्थाको विधानमा उल्लेख रहेको छ।

संस्थालाई अभिभाकत्व प्रदान गर्न तथा संस्थालाई सदैव जीवित राख्न प्रमुख संरक्षकमा वरिष्ठ गीतकार एवं साहित्यकार ज्ञानेन्द्र गदाललाई सर्वसम्मत रूपमा संस्थाले चयन गरेको छ। त्यसैगरी अन्तराष्ट्रिय संयोजक तथा प्रमुख प्रेस सल्लाहकारमा लोकप्रिय सञ्चारकर्मी सूर्य चन्द रहनुभएको छ भने नेपाल संयोजकमा म्युजिक भिडियो निर्देशक तथा कार्यक्रम प्रस्तोता प्रहिल कार्कीलाई मनोनयन गरिएको छ ।

अमेरिकाको ओहायो राज्यमा संस्थाको केन्द्रीय कार्यालय रहनेछ। त्यसैगरी संस्थालाई भविष्यमा अन्य देशहरू तथा अमेरिकाको विभिन्न राज्यहरूमा पनि शाखा कार्यालय स्थापना गरिने अध्यक्ष हरि उप्रेतीले जानकारी गराउनुभयो। संस्था स्थापना गर्नुको प्रमुख उद्देश्य परदेशमा वा प्रवासमा रहेका गीतकार तथा सर्जकहरूलाई आफ्ना सृजना पस्कने आधिकारिक र साझा थलो निर्माण गर्नु रहेको छ। त्यसका साथै नेपाली गीत सङ्गीतलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउनु , सृजना मार्फत आफ्नो भाषा साहित्यलाई संरक्षण र प्रवर्द्धन गर्दै पुस्तान्तरण गर्नु रहेको छ। जहाँ र जुन देश अनि परिवेशमा रहे पनि आफ्नो संस्कृति र मौलिक पहिचान सर्वोपरि हुन्छ त्यसको संरक्षण भाषाका माध्यमबाट मात्र सम्भव हुने भएकाले यो संस्थाको आवश्यकता रहेको अध्यक्ष उप्रेतीले जानकारी गराउनुभयो। आगामी दिनहरूमा नयाँ सर्जकहरूलाई गीत लेखनमा प्रशिक्षण दिई सृजनाको स्तरलाई वृद्धि गर्ने संस्थागत उद्देश्य रहेको बताए।

गीत सृजना मार्फत सर्जकहरूले सामाजिक परिवर्तन गराउन सक्ने र जीवन दर्शनलाई प्रवाहित गर्न सक्ने भएकाले सृजना पस्कन निरन्तर प्रोत्साहन गर्ने प्रवासमा रहेर पनि नेपाली गीत सङ्गीत र साहित्यमा विशिष्ट योगदान पुर्याउने स्रष्टालाई सम्मान गर्दै अगाडि बढ्ने अर्को महत्त्वपूर्ण उद्देश्य रहेकाछन्।

हाल सम्म संस्थाले प्राप्त गर्नु पर्ने आधिकारिक प्रमाणपत्र राज्य सरकारबाट प्राप्त भइसकेको र आन्तरिक राजस्व विभागबाट पनि मान्यता प्रदान गरेको कुरा अध्यक्ष उप्रेतीले जानकारी गराउनुभएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।