सुदूरपश्चिममा आज ‘ठूलीरात’ मनाइँदै

दोधारा चाँदनी (कञ्चनपुर), १५ पुस : सुदूरपश्चिममा आज ‘ठूलीरात’ अथवा ‘पुसे पन्ध्र’हर्षोल्लासका साथ मनाइँदै छ । हरेक वर्ष पुस महिनाको १५ गतेलाई सुदूरपश्चिममा विशेष महत्त्वका साथ मनाउने गरिन्छ ।

यो पर्वमा गाउँका सबै एक ठाउँमा भेला भएर रातभर आगो तापेर जाग्राम बस्ने तरुल, पिँडालु, सखरखण्ड लगायतका कन्दमूल र डोटेली खानाका मीठा परिकार पकाएर खाने प्रचलन रहिआएको छ ।

साहित्यकार जगदीश ओझाका अनुसार आजको दिनमा गाउँका सबै एकआपसमा भेटघाट गर्ने र कहानी स्थानीय भाषामा (आइना, बातै) सुन्ने र सुनाउने गरिन्छ । कन्दमूल खाँदा चिसो समयमा शरीर फूर्तिलो हुने र तागत बढ्ने किम्बदन्ती रहेको उहाँले बताउनुभयो ।

अन्य पात्रो अनुसार भिन्न भए पनि सुदूरपश्चिममा पुस पन्ध्रको रातलाई सबैभन्दा लामो रात मानिने ओझाले बताउनुभयो । “आजको रात सबैभन्दा ठूलो हुने भएकाले गाउँका एक ठाउँमा भेला भएर कथा, कहानी, बातैलगायत लोक साहित्यका गाथा सुन्ने÷सुनाउने गरिन्छ”, उहाँले भन्नुभयो, “यो पर्वमा आफन्तसँग विशेष घेटघाट हुने कन्दमूल खाने र लोकगाथा सुनेर रात बिताउने प्रचलन छ ।”

सुदूरपश्चिमका अछाम, बझाङ र बाजुरामा यस पर्वलाई भुवा पर्वका रुपमा समेत मनाउने गरिएको छ । डोटी राज्य भएका बेला सुदूरपश्चिममा कृषि र पशुपालनमा आधारित अर्थतन्त्र थियो । गरिबीका कारण खान लगाउन समस्या हुने भएकाले कठ्याङ्ग्रिदो चिसो छल्न रातभरी आगो बालेर पौष्टिक आहार खाने प्रचलन रहेको साहित्यकार रमेश पन्त मीतबन्धुले बताउनुभयो । “तत्कालीन सभ्यता अनुसार कपडा नभएकाले आगो तापेर पनि चिसो छल्न सक्छाँै भन्ने सन्देश यो पर्वले दिन्छ”, उहाँले भन्नुभयो, “विशेष गरी आज राति लोक साहित्य प्रस्तुत गरिन्छ ।”

मीतबन्धुले सुदूरपश्चिमको लोक मान्यता अनुसार पुस १५ सबै भन्दा ठुलो रात हुनेभएकाले पनि यसलाई ठूलीरात भनेर मनाइने बताउनुभयो । उहाँका अनुसार सुदूरपश्चिम र भारतको उत्तराखण्डमा पुस १५ देखि उत्तरायण सुरु हुने तथा दिन बढ्ने र रात घट्दै जाने लोक मान्यता रहेको छ ।

साहित्यकार कविराज भट्टले पुस पन्ध्रको सांस्कृति एवं सामाजिक महत्त्व रहेको बताउनुभयो । “यो रातमा बुढापाकाबाट अर्ती उपदेश सुन्ने, मनोरञ्जन गर्ने र कन्दमुल खाने गरिन्छ”, उहाँले भन्नुभयो, “एकआपसमा भेटघाट हुने, सामाजिक सद्भाव र एकता कायम राख्दछ ।” यो पर्वले नैतिकताको पाठसमेत सिकाउने उहाँको भनाइ थियो ।

पछिल्लो सयम आइना, बातै भन्ने चलन हराउँदै जान थालेको छ । आइना, बातै जान्ने व्यक्तिको अभाव हुनु, युवा पुस्तामा लोक संस्कृति पुस्तान्तरण हुन नसक्दा यसको मौलिकता हराउन थालेको स्थानीय बताउँछन् ।
-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।