आज जितगढी किल्ला बुटवल उपमहानगरलाई हस्तान्तरण हुँदै

लुम्बिनी, २० पुस : राष्ट्रपति रामचन्द्र पौडेल ऐतिहासिक जितगढी किल्ला हस्तान्तरण कार्यक्रम र मुक्तिनाथधामको भवन उद्घाटनका लागि आज बुटवल आउँदै हुनुहुन्छ ।

राष्ट्रपतिको प्रमुख आतिथ्यतामा आयोजना हुने कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्माले बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयलाई जितगढी किल्ला हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । बुटवल उपमहानगरपालिका–१ मा स्थित जितगढी किल्लाको पुनःनिर्माण तथा संरक्षणपश्चात् नेपाली सेना, गरुड दल गणले बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण गरेपछि किल्ला बुटवल उपमहानगरपालिकाको मातहतमा आउने जनाइएको छ ।

सो कार्यक्रमको सबै तयारी पूरा भएको बुटवल उपमहानगरपालिकाका प्रमुख पाण्डेयले जानकारी दिनुभयो । किल्लाको संरक्षण र पुनःनिर्माणपश्चात् सेनाले हस्तान्तरण गरेपछि बुटवल उपमहानगरपालिकाले पर्यटन प्रवद्र्धनका लागि योजनाबद्ध तरिकाले काम अगाडि बढाउने प्रमुख पाण्डेयले बताउनुभयो ।

“जितगढी किल्ला उपमहानगरपालिका मातहतमा आएपछि हामीले किल्लाको संरक्षणका साथसाथै यसलाई पर्यटकीय गन्तव्य र नेपाल अङ्ग्रेज युद्धको अध्ययन गर्ने थलोका रुपमा विकास गर्नेछौँ”, उहाँले भन्नुभयो, “यहीँ नजिकै युद्ध सङ्ग्रहालय निर्माण सम्पन्न भएको छ र त्यसको सञ्चालन गर्ने र पुरानो बुटवललाई पुनः चलायमान बनाउने योजना छ ।”

किल्ला क्षेत्रमा सेनाले युद्धकला झल्किने केही संरचना थप गरेको र युद्धचित्रका साथसाथै पर्यटकीय थलोका रुपमा विकास गर्नका लागि आवश्यक काम पूरा गरेको गरुड दलका गणपति प्रमुख सेनानी दीपेन्द्र न्यौपानेले जानकारी दिनुभयो ।

जितगढी किल्लाको ऐतिहासिकता

छरिएर रहेका सांस्कृतिक, ऐतिहासिक महत्वका सम्पदामध्ये जीतगढी पनि एक हो । बुटवल – १ स्थित गढी तिनाउ खोलाको बायाँ किनारमा अवस्थित छ । समुद्र सतहभन्दा करिब एक सय ४८ मिटरको उचाइमा अवस्थित यो गढी पूर्वदेखि पश्चिमतिर फैलिएको छ । गढीको दक्षिण र पूर्वतिरको भाग मात्र बाँकी रहेको छ । चारैतिरबाट हाल गढी घेरिएको अवस्थामा रहेको छ । जितगढी किल्लाको उत्खनन प्रारम्भ आव ०५५÷५६ ९पुरातत्व विभाग० । विसं २०७० माघ ८ गतेदेखि पुनः उत्खनन भए पनि अहिले रोकिएको छ ।

जितगढीमा तत्कालीन अङ्ग्रेज–नेपाल युद्धका समयमा नेपाली सेनाले विजय प्राप्त गरेको दिन विसं १८७१ बैशाख ७ गतेको दिन रहेको आधिकारिक मितिलाई नै बुटवल उपमहानगरपालिकाको ०७४ चैत २६ गते बसेको नगर कार्यपालिका बैठकले विजय उत्सव दिवसका रुपमा मनाउँदै आएको छ । जितगढीमा विसं १८७२ वैशाख ७ गते भएको लडाइँमा नेपालसँग हारेपछि अङ्ग्रेज सेना नेपालबाटै फर्किएको इतिहास छ । सोही दिन ९वैशाख ७ गते० लाई विजय उत्सव दिवसका रुपमा बुटवल उपमहानगरपालिकाले मनाउन कामको थालनी भएको हो ।

जितगढीमा अङ्ग्रेजलाई हराउने कर्णेल उजिरसिंहको पूर्ण कदको शालिक दक्षिणतिर फर्किएर शानका साथ उभिएको छ । नेपाल अङ्ग्रेज युद्धमा बहादुरीका साथ लडेर आफ्नो ज्यान आहुति दिएका १३ वीर योद्धा कर्णेल थापासहित काजी वीरभञ्जन पाँडे ९गुरुबक्स कम्पनी०, कुम्भेदान कृपासुर थापा, दलखम्ब थापा, समशेर राना मगर, सरदार सुर्जे थापा, लेफ्टिनेन्ट अम्बर अधिकारी, कुम्भेदान वृषसुर थापा, जमदार भीमसेन देउजा, जमदार शुरवीर बोहरा, हवल्दार रणशुर बानियाँ, सिपाही हंशवीर अधिकारी, थरघर नकुल बानियाँ जुठे बस्नेतका सालिक राखिएका छन् । नेपालकै ठूलो राष्ट्रिय झण्डा फह¥राइरहेको साथै हरियाली बगैँचा तयार भएको र राष्ट्रधुनसहितको जलफोहोरा तयार भएका छन् ।

जितगढी सम्पदाको गुरुयोजना बनाएर काम हुँदा यहाँको स्वरुपनै निक्कै आकर्षक बनेको जितगढीको संरक्षण र प्रचारप्रसारमा क्रियाशील रवीन्द्रगोपाल लाकौल बताउनुभयो । “जितगढी सम्पदाको कायापलट भएको छ”, उहाँले भन्नुभयो, “इच्छाशक्ति र दृढता भयो भने काम सफल हुनेरहेछ भन्ने उदाहरण जितगढी बनेको छ ।”-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।