किराती भेषभूषा र बाजा-गाजाको गलत प्रयोग नगर्न किरात राई सांस्कृतिक कलाकार सङ्घको आग्रह

काठमाडौं । किराती भेषभूषा र बाजा-गाजाको गलत प्रयोग नगर्न किरात राई सांस्कृतिक कलाकार सङ्घले आग्रह गरेको छ । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सङ्घले किराथी भेषभुषा र बाजा -गाजाकाे गलत प्रयोग नगर्न आग्रह गरेको हो ।

सार्वजनिक कार्यक्रमहरूमा पनि कतिपयले किराती भेषभूषाको प्रयोग गरेको देखिएको भन्दै त्यसप्रति सचेत गराउन र पत्रकार सम्मेलन गर्नु सङ्घका अध्यक्ष शालिक शातासक राईले बताउनुभयो ।

उहाँ केहीले सारीको पारि,, सुरुवाल र जुत्तामा चिन्डोको प्रयोग गरेको पाईएको भन्दै किरात राई समुदायले चिन्डो (वाबुक)लाई सांस्कृतिक प्रतीक मान्ने गरेको उल्लेख गर्नुभयो । त्यसैले मुन्दुममा चिन्डोलाई जीवनको प्रतीकको रूपमा मानिने भएकोले यसको प्रयोगवारे सचेत हुनपर्ने उल्लेख गर्नुभयो ।

त्यस्तै किराती चाडहरूलाई “मुन्दुमअनुसार ‘पर्व’ कतै पनि मेल नखाने शब्द भएकोले याे शब्द प्रयोग नगरी यसको ठाउँमा ‘चाड’ संघले जनाएकाे छ । सङ्घका महासचिव पदम थुलुङ राईले साकेला पर्व नभनि ‘साकेला चाड भन्नपर्ने उल्लेख गर्नुभयाे । उहाँले उधौली साकेला, उभौली साकेलालाई कतिपयले ‘उधौली चण्डी’ उभौली चण्डी’ भन्ने गरेकाे भन्दै (चण्डि) शब्दलाई निषेध गर्नुपर्ने बताउनुभयाे ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।