चितवनमा चरा गणना सुरु

चितवन, २२ पुस : चितवनमा चरा गणना सुरु भएको छ । वर्ड एजुकेसन सोसाइटी चितवनले पूर्वी चितवनको राप्ती नदी, बूढीराप्ती, ढुम्रे, कसरालगायतका क्षेत्रबाट चरा गणना सुरु गरेको हो ।

सोसाइटीका जिल्ला अध्यक्ष टीकाराम गिरीका अनुसार चरा गणना देशभर शनिबारबाट सुरु भएको भए पनि यहाँ आजबाट सुरु गरिएको हो । चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासका नदी, तालतलैया तथा सिमसार क्षेत्रलगायत ठाउँमा चरा गणना गरिनेछ । पूर्वी चितवनमा नौ स्थानमा चरा गणना गरिने छ । यसपछि पश्चिम चितवनमा सुरु गरिने उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “आजदेखि आगामी माघ ७ गतेभित्र चरा गणना गरिसकिनेछ ।” गणनाका लागि विभिन्न समूह निर्माण गरी कामलाई अघि बढाइएको उहाँले बताउनुभयो । पश्चिम चितवनको दिव्यनगर, कसरा पुलबाट पश्चिम र रिउखोलामा पूर्वी चितवनको गणना सकिएलगत्तै गरिने छ । बाइनाकुलार क्यामेरा, जिपिएस, साउण्ड रेकर्डरलगायतको प्रयोग गरी चरा गणना गरिने उहाँले बताउनुभयो । जिल्लामा छ सय ५० भन्दा बढी प्रजातिका चरा पाइन्छ ।

नेपालमा सन् १९८७ बाट चरा गणना थालिएको हो ।-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।