भोजपुरमा फरार अभियुक्त ३० वर्षपछि पक्राउ

टक्सार (भोजपुर), २३ पुस : कर्तव्य ज्यानसम्बन्धी कसुर मुद्दाका फरार पाँच प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय भोजपुरले तीस वर्षपछि पक्राउ गरेको छ । विसं २०५० मा कसुर गरेर फरार रहेका उनीहरुलाई विभिन्न ठाउँबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक सुदिपराज पाठकले बताउनुभयो ।

उहाँले भन्नुभयो, “घटना भएको लामो अवधिसम्म पनि फरार रहेका अभियुक्तलाई विभिन्न स्थानबाट पक्राउ गरी कानुनी दायरामा ल्याइएको छ, यो प्रहरीको सफलता हो ।” उहाँका अनुसार ललितपुर, उदयपुर, सुनसरी लगायतका जिल्लाबाट विभिन्न घटनामा संलग्न फरार प्रतिवादीलाई यही पुस २२ गते पक्राउ गरिएको हो ।

पक्राउपर्नेमा हालको भोजपुरको टेम्केमैयुङ गाउँपालिका वडा नं ५ का ५० वर्षीय कृपाराज राई, सोही ठाउँका ४६ वर्षीय नगेन्द्रकुमार राई, ५५ वर्षका विदुरकुमार राई, ५४ वर्षका भिमराज राई र ४२ वर्षका थिरकुमार राई रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी टोलीले कृपालाई ललितपुर, नगेन्द्रलाई धरान, विदुरलाई उदयपुरको बेलका, भिमराजलाई उदयपुर र थिरकुमारलाई ललितपुरबाट पक्राउ गरिएको प्रहरी प्रमुख प्रनाउ पाठकले जानकारी दिनुभयो ।

घटनामा संलग्न भएर फरार रहेका भोजपुरको टेम्केमैयुङ गाउँपालिका वडा नं ५ खावाका ४६ वर्षीय पूर्णहाङ राईलाई यही पुस १४ गते नै प्रहरीले ललितपुरबाट पक्राउ गरेको थियो भने हत्याका मुख्य प्रतिवादी शुक्रदेव राई फरार रहेको अवस्थामा मृत्यु भइसकेको जानकारी आएकाले प्रहरीले अनुसन्धान जारी राखेको जनाएको छ ।

प्रहरीका अनुसार २०५० साल मङ्सिर ३ गते शुक्रदेव सहितको संलग्नतामा साविक कोट गाउँविकास समितिका राजधन राईको खुकुरी प्रहार गरी हत्या गरिएको थियो । विसं २०६१ भदौ २८ गते जिल्ला अदालतले शुक्रदेवलाई २० वर्ष र घटनामा संलग्न अन्य सहयोगीलाई तीन वर्ष कैदको सजाय सुनाएको थियो ।

विसं २०५० कात्तिक २७ गते लक्ष्मी पुजाका दिन देउसी खेल्ने क्रममा प्रतिवादी शुक्रदेव, पूर्णहाङलगायत २६ जनाले मृतकका दाजु जाहेरवाला बागधन राईसँग वादविवाद गर्दै राजधनलाई समेत कुटपिट गरेको थियो । सो घटनाका विषयमा मङ्सिर ३ गते छलफल गरी मिलाउने क्रममा पुनः विवाद भई राजधनलाई कुटपिट गर्दा शुक्रदेवले खुकुरी प्रहार गरी हत्या गरेर फरार रहेको प्रहरीको घटना विवरणमा उल्लेख छ । -रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।