पाँचौं चौबिसे कप माघ १ बाट

नारायण कुमार राई/धनकुटा,२४ पुस । पाँचौ चौबिसे गाउँपालिका स्तिरिय पुरुष तथा महिला चौबिसे रनिङ्ग फुटबल प्रतियोगिता माघ १ गतेबाट शुरु हुने भएको छ ।

पालिकाले मंगलबार पत्रकार सम्मेलन गरेर खेल तालिका सार्वजनिक गर्दै वडा नं.२ मुढेवासअख खेलको आयोजना गर्न लागेको जानकारी दिएको छ ।

कार्यक्रमका प्रमुख अतिथी तथा पालिका अध्यक्ष राजकुमार लिम्बूले चौबिसे खेल पर्यटनको बिकास गर्नका लागि खेलको आयोजना गर्न लागिएको जानकारी दिनुभयो ।

चार दिन सम्म सञ्चालन हुने खेलकुद कार्यक्रममा मगर जातिहरुमा आधारित खानपान तथा कला संस्कृतिहरुको आनन्द लिन सकिने लिम्बूले जानकारी दिनुभयो ।

प्रतियोगितामा आठ वटा वडाका आठ पुरुष र आठ महिला गरी जम्ममा १६ टोलीको सहभागिता रहने चौबिसे गाउँपालिका खेलकुद बिकास समितिका संयोजक धनबहादुर लिम्बूले जानकारी दिनुभयो ।

बिजेता पुरुष टोलीले नगद ६५ हजार सहित मेडल,प्रमाण–पत्र र रनिङ्ग शिल्ड पाउने छ । उप बिजेताले नगद ३५ हजार र मेडल,प्रमाण–पत्र पाउने छ ।

त्यस्तै महिला तर्फ बिजेता टोलीले नगद ३५ हजार सहित मेडल,प्रमाण–पत्र र रनिङ्ग शिल्ड पाउने छ । उप बिजेता टोलीले नगद २५ हजार र मेडल,प्रमाण–पत्र पाउने पालिका खेलकुद बिकास समितिका सदस्य जीवन कटुवालले जानकारी दिनुभयो ।

तेश्रो पटक लगातार जितेर वडा नं.६ राजारानीले पालिकाको पहिलो रनिङ्ग शिल्ड गत बर्ष पूर्ण रुपमा जितेर लगेको थियो । महिला तर्फ भने यो पटकबाट मात्र रनिङ्ग शिल्डको शुरुवात गरिएको हो ।

त्रिबेणी यूथ क्लव मुढेबासको ब्यबस्थापनमा माघ चार गते सम्म वडाको त्रिवेणी खेल मैदानमा हुने सो खेलमा ए क्याटोगरीका एनफा रेफ्री तुफान चेम्जोङले खेल खालाउनुहुनेछ ।

नकआउटका आधारमा खेलाईने उक्त खेलमा २३ बर्षका तीन खेलाडी सहित २० बर्ष भन्दा मुनिका खेलाडीहरुको सहभागी रहने आयोजकले जानकारी दिएको छ ।

कार्यक्रममा पालिकाका उपाध्यक्ष टंकमायाँ पाङ्मी मगर,प्रमुख प्रशासकीय अधिकृत पर्शुराम दाहाल,लेखा प्रमुख सोभित कुमार तुम्बा,धनकुटा फुटबल संघका अध्यक्ष मणी जेम्जोङ्ग लगाएत वडा अध्यक्षहरुको उपस्थिति रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।