पाख्रीवास ८ मालबासेमा सञ्चालित वडा स्तरिय टोल कप फुटवल प्रतियोगिताको उपाधि जलदेवी युवा क्लवलाई

धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका वडा नं ८ मालबासेमा सञ्चालित वडा स्तरिय टोल कप फुटवल प्रतियोगिताको जित जलदेवी युवा क्लवले हात पारेको छ ।

सिवाईसी (ए) सँग फाईनलमा भिडेको उस्ले १ को विरुद्ध ३ गोल लगाउदै जित हात पारेको हो । जितसँगै उस्ले नगद १३ हजार सहित ट्रफी मेडल र प्रमाण पत्र पुरस्कार प्राप्त गरेको छ । दोश्रो भएको सिवाईसी (ए) ले नगद ६ हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र पुरस्कार पाएको छ ।

प्रतियोगिताका विजयी खेलाडीहरुलाई पाख्रीवास नगरपालिका वडा नं ८ का वडाध्यक्ष गजेन्द्र राई, वडा सदस्य गंगादेव राई र क्लवका अध्यक्ष सागर राई लगायतले वितरण गरेको आयोजक भुल्केदेवी युवा क्लवका सदस्य अनिल राईले जानकारी दिनुभयो ।

८ नं वडा कार्यलयको आर्थिक सहयोगमा आयोजित प्रतियोगितामा जम्मा ८ टिमले सहभागिता जनाएका थिए । प्रतियोगिता समापन कार्यक्रममा बोल्दै वडाध्यक्ष राईले आउदो वर्षहरुमा खेलकुद क्षेत्रको विकास तथा खेलाडीहरुको प्रोत्साहनका लागि वडाबाट थप पहल गरिने वताउनु भएको छ । प्रतियोगिता हिजोबाट सञ्चालन गरिएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।