खाँदबारीमा जारी प्रथम तीनपोखरी कप : विभागीय टोली एपिएफसहित चार टिम सेमिफाइनलमा

किमाथाङ्का (सङ्खुवासभा): खाँदबारीमा जारी प्रथम तीनपोखरी कप आमन्त्रित फुटबल प्रतियोगिता सशस्त्र प्रहरीको एपिएफ पकलीसहित चार टिम सेमिफाइनल प्रवेश गरेका छन् । आज खाँदबारी रङ्गशालामा जारी प्रथम तीनपोखरी कप आमन्त्रित फुटबलमा सशस्त्र प्रहरीको एपिएफ टोली पकलीसहित चार टिम सेमिफाइनल प्रवेश गरेका हुन् ।

आज भएको पहिलो खेलमा भङ्सावरी फुटबल क्लब मोरङले मकालु फेन्स क्लब खाँदबारीलाई ट्राइवेकरमा ३-१ गोल गर्दै भङ्सावरी फुटबल क्लब सेमिफाइनल प्रवेश गरेको हो भने दोस्रो खेलमा इटहरी फुटबल क्लब सुनसरीले खाँदबारी युथ क्लब सङ्खुवासभालाई १-० गोलअन्तरले पराजित गर्दै इटहरी फुटबल क्लब सेमिफाइनल प्रवेश गरेको हो ।

त्यसैगरी आजै भएको तेस्रो खेलमा विभागीय टोली एपिएफ पकली र तुम्लिङटार स्पोटिङ क्लब सङ्खुवासभा क्लबबीच प्रतिस्पर्धा भएको थियो । उक्त खेलमा एपिएफ टोली पकलीले पेनाल्टी सुटआउटमा १०–९ गोलअन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ । ट्राइबेकरसमेत बराबर भएको तुम्लिङटारले पेनाल्टीमा हार व्यहोर्नुपरेको छ । त्यस्तै हिजो भएको खेलमा सित्तलपाटी फुटबल क्लबले आयोजक तीनपोखरी फुटबल क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरिसकेको छ ।

प्रतियोगितामा कोशी प्रदेशका विभिन्न १२ क्लबको सहभागिता रहेको आयोजकले जनाएको छ । प्रतियोगिताको विजयीले नगद रु दुई लाख २२ हजार दुई सय २२, उपविजेताले रु एक लाख ११ हजार एक सय ११ र सेमिफाइनलमा पुग्ने दुई टिमले जनही रु २७ हजार सात सय ७७ पाउने छन् । यही पुस २६ गतेदेखि सुरु भएको प्रतियोगिता आगामी माघ १ गते समापन हुनेछ । तीनपोखरी समाज विकास क्लबले माघेसङ्क्रान्तिको अवसरमा फुटबल प्रतियोगिता आयोजना गरेको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।