मगरसंघ युके युएचएसबि शाखाले मनायो माघे सक्रान्ति

गोमा राना,युके । मगर संघ युके युएचएसबि (united Hampshire, Berkshire,Surry, branch) शाखाले शनिबारको दिन फार्न्बोरो स्थित सामुअल कोडि स्पोर्ट्स कलेज (ओक्फार्म स्कुल) मा मगरहरुको परम्परा अनुसार मौलिक पित्री पुजाका साथ प्रत्येक्ष गुल्मेली नौमतीबाजाको धुनमा धुमधामले माघे सक्रान्ति मनाएको छ।

विदेशी भुमिमा पनि मगरहरुको मौलिक परम्परा संस्कार, सस्कृति भाषा, भेष भुषा नेपाली कला गीत सङ्गीतलाइ निरन्तरता दिन प्रोत्साहन र प्रबर्द्धन गर्न हरेक बर्ष माघे सक्रान्ति मनाइन्छ।

पहिलो चरणमा सस्थाका सल्लाहकार पुजारी ओम प्रसाद काउचा र गणेश थापाले पौराणिक पित्री पुजाबाट सुरु भएको थियो। पुजामा दिवंगत पित्रीहरुको सम्झना गर्दै वहाँहरुको चिर शान्तिको कामना र सबैको रक्षा होस भनी पुजा गरिएको थियो । प्रसादको रुपमा दिदिबहिनीहरुबाट मिठा मिठा परिकार खिचडी, सेल रोटी, फिनि रोटी बारा (बटुक) खिर, हलुवा, तरुल सखरखण्ड तयार पारिएको थियो।

यु एच एस शाखाका अध्यक्ष रिशीराम राना प्रमुख अतिथि मगर संघ युकेका अध्यक्ष सीता पुर्जा पुन वहाँको श्रीमान विशेष अतिथिमा एन आर एन युकेका अध्यक्ष प्रेम गाहा मगर र नेपालबाट पाल्नु भएकी सपना रोका मगर (BBC 2020 को सबैभन्दा प्रभावशाली महिला मध्य एक) अन्य अतिथि गण सस्थापक अध्यक्ष पुर्व अध्यक्ष सल्लाहकार लगायत सबैबाट प्रसाद ग्रहण भएको थियो भने दुइजना नानीहरुले युवाहरुले बुझ्ने गरि नेपाली र अङ्ग्रेजी भाषामा माघे सक्रान्तिको बारेमा प्रष्ट पारेका थिए।

त्यसपछि दोस्रो चरणमा सास्कृतिक कार्यक्रमको लागि नेपालबाट चर्चित लोकदोहोरी गायिका सानी मुना थापा मगर र स्थानिय कलाकार सन्तोष पुनले सबैलाई नचाएर भरिपुर्ण मनोरन्जन गराएका थिए । यस्को साथमा भान्जा भान्जी र आमा टोलिहरुबाट मौलिक नाच कौडा सालैजो स‍ोरठी आदि नाच प्रस्तुत गरेका थिए।

विभिन्न मनोरञ्जनात्मक कार्यक्रम हुनुको साथै राफल ड्र पनि भयो। पहिलो पुरस्कार राफल ड्र सुनको जन्तर सस्थाका सल्लाहकार टेक थापाबाट प्रायोजित शर्मिला रानाको भाग्यमा पर्यो भने क्रमश दोस्रो नेपाली ड्राइभिङ ईन्स्ट्रक्टर एसोसियसन युके, तेस्रो नवीन नवीन ज्वेलरी अल्डर्शोट, चौठो सल्लाहकार लेख राना र पाचौं पुरस्कार लेडिज कमिटीका उपाध्यक्ष नानू रानाले प्रायोजन गरेका थिए । पुरस्कार क्रमश तेस्रो रोजीना थापा, थुलु गुरुङ र टेक बहादुर पुनले राफल ड्र पुरस्कार हात पारेका थिए । टिकट बिक्रीमा लेदिज कमिटीका दिदीबहिनीले सहयोग गरेका थिए।

रानाको अध्यक्षतामा सस्थाका उपाध्यक्ष बिर बलालले उपस्थित सबैलाई स्वागत मन्तब्री राखेका थिए, सचिब गणेश बुढाथोकीले औपचारिक कार्यक्रम सन्चालन गरेका थिए भने युवा दिनेश रोका र जानकी रोकाले सास्कृतिक कार्यक्रम सन्चालन गरेका थिए।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।