त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारमा सशस्त्र प्रहरी परिचालन

काठमाडौँ, ३ माघ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारमा जाँचका लागि सशस्त्र प्रहरी बल परिचालन गरिएको छ ।

विमानस्थलको भन्सार जाँच तथा भन्सारको सुरक्षालाई त्रुटिरहित बनाउने उद्देश्यले सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ३० जना सशस्त्र प्रहरी परिचालन गरिएको प्रमुख भन्सार प्रशासक डा टोकराज पाण्डेले राससलाई जानकारी दिनुभयो । “अर्थ मन्त्रीस्तरीय निर्णयबाट अनुरोध भएको र उपप्रधानमन्त्री तथा गृहमन्त्रीबाट निर्णय भई विमानस्थलको भन्सार जाँच गर्न दैनिकरूपमा पाँच सिफ्टमा अहिले ३० जना सशस्त्र प्रहरी परिचालन गरिएको छ”, उहाँले भन्नुभयो ।

विमानस्थलको सुरक्षामा सुधार गर्ने, प्रभावकारी सेवा प्रवाह गर्ने उद्देश्यले सशस्त्र प्रहरीको प्रत्यक्ष सुपरिवेक्षण तथा निर्देशनमा भन्सार क्षेत्रमा जाँच गर्न सुरु गरिएको प्रमुख भन्सार प्रशासक डा पाण्डेले बताउनुभयो ।-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।