मेयर हर्क साम्पाङले खोले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगाएको ताला

काठमाण्डौं, माघ ६ । धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको कार्यकक्षमा माघ १ गतेदेखि लागेको ताला खुलेको छ ।

उपकुुलपति प्रल्हाद कार्कीले राजनीति गरेको भन्दै धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले ताला लगाएका थिए । उच्च अदालत विराटनगरको आदेशपछि साम्पाङले आफ्नो सचिवालयका कर्मचारीलाई खटाएर ताला खोलेका हुन् ।

तालाबन्दीपछि सञ्जीवकुमार साहले दायर गरेको रिटको सुनुवाइ गर्दै उच्च अदालतले बिहीबार स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा बन्द, हड्ताल, तालाबन्दी नगर्नू नगराउनू भनी आदेश दिएको थियो । अदालतको आदेशपछि उपकुलपतिको कार्यकक्षमा लागेको ताला खुले पनि डाक्टर र कर्मचारीले गर्दै आएको हडताल भने कायमै छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।