वान प्लसले भित्र्यायो तीनवटा नयाँ मोडल,मूल्य कति ?

काठमाडौ । वानप्लस मोबाइलको नेपालका लागि आधिकारिक विक्रेता क्रेटस टेक्नोलोजीज र स्मार्ट टकले तीनवटा मोडल नेपालमा लञ्च गरेको छ ।

मंगलबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै क्रेटस, स्मार्ट टक र वानप्लस मुख्यालयका नेपाल प्रतिनिधि सन याङले संयुक्त रुपमा नर्ड एन थर्टी एसई, टुवेल्भ र टुवेल्भ आर सार्वजनिक गरेका हुन् ।

नेपालमा पहिलो पटक भित्रिएको टुवेल्भ आर सिरिजले सूचना प्रविधिको क्षेत्रमा गर्ने, गेमर्स र फोटोग्राफरलाई लक्षित गरेर बनाइएको छ । यो मोडलमा टुके भिडियो क्वालिटीमा भिडियो खिच्न सकिनेछ ।

यस्तै वाएरलेस चार्जरको सुविधा रहेको यो फोनमा १६ जीबी रोम र ५१२ जीबी र्यामको सुविधा राखिएको छ । ५४०० एमएचक्षमताको ब्याट्रि भएको यो फोनको मूल्य एक लाख ३९ हजार ९९९ कायमगरिएको नेपालवितरकले जनाएको छ ।

यस्तै टुवेल्भ सिरिजकै अर्को फोन टुवेल्भ आरलाई पनि उत्कृष्ट फोन दाबी गरिएको छ । टुवेल्भभन्दा मूल्यमा सस्तो भएपनि यसले १.५ के रिजोलुसनमा फोटो भिडियो खिच्न सक्छ । यसको बजार मूल्य ९० हजार ९९९ तोकिएको छ । ५५०० एमएएचको ब्याट्रि क्षमता रहेको यो फोनको आठौं जेनेरेसन २ स्न्यापड्रागन प्रोसेसर जडान गरिएको छ ।

बिगर, लाउडर, फास्टर नारा दिइएको नर्ड थर्टी एसई बजेट फोन हो । २६ हजार नौ सय ९९ बजार मूल्य रहेको यो फोनमाअत्याधुनिकप्रविधि जडान गरिएको छ । स्टेरियो स्पिकर, डुअल माइक्रोफोन र पाँचहजार एमएएच ब्याट्रि जडान गरिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।