भरतपुर मेयर्स कप क्रिकेटको खेल तालिका सार्वजनिक

भरतपुर, १८ माघ । भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिताको नकआउट चरणको खेल तालिका सार्वजनिक भएको छ । आगामी माघ २६ गतेदेखि सुरु हुने प्रतियोगितामा सहभागी २० वटा विद्यालयलाई दुईवटा समूहमा विभाजन गरिएका छन् ।

प्रतियोगितामा सहभागी महानगरभित्रका १० सामुदायिक विद्यालय समूह ‘ए’ मा छन् भने बाँकी १० वटा निजी विद्यालय समूह ‘बी’ मा छन् । माघ २६ देखि फागुन १ सम्म हरेक दिन २ खेल खेलाउने गरी तालिका बनाइएका छन् ।

नकआउट चरणमा विजयी ५ सामुदायिक र ५ निजी विद्यालयले मेयर्स कप लिग खेल्नेछन् । राउण्ड रोबिनका आधारमा खेलाइने लिग चरणका खेल फागुन ४ बाट सुरु गरिने सहआयोजक चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष सुदीप पियाले जानकारी दिए ।

प्रतियोगितामा सहभागी १० वटा सामुदायिक विद्यालयलाई प्रतियोगिताका मूल प्रायोजक एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेज चितवनले आवश्यक खेलसामग्री र गेम जर्सी प्रदान गर्न लागेको छ । आगामी माघ २४ गते आयोजक भरतपुर महानगरपालिकाको सभाहलमा आयोजना गरिने कार्यक्रममा ती खेलसामग्री र जर्सी हस्तान्तरण गरिने एक्सपर्ट चितवनका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिए । एक्सपर्टले ८ लाख ६० हजार बराबरका खेलसामग्री र जर्सी दिने समझदारी महानगरसँग गरेको छ ।

भरतपुर महानगरपालिकाले ग्रासरुट क्रिकेटको विकास गर्नका लागि मेयर्स कप वार्षिक बजेटमै समेटेको छ । यसलाई निरन्तर अघि बढाउने योजना भरतपुर महानगरपालिकाको रहेको मेयर रेनु दाहालले बताएकी छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।