झापा गोल्डकपका लागि खेल मैदानको स्तरोन्नति

झापा, १९ माघ : अन्तर्राष्ट्रियस्तरको झापा गोल्डकप २०८० का लागि खेल मैदानको स्तरोन्नति सुरु गरिएको छ । विर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा आगामी फागुन १९ गतेदेखि हुने छैटौँ संस्करणको झापा गोल्डकपलाई भव्यरुपमा सम्पन्न गर्न खेल मैदानको स्तरोन्नति थालिएको हो ।

गोल्डकपका अध्यक्ष विनोद बस्नेतले रङ्गशालामा भएको झार गोड्ने, प्राकृतिक घाँसे मैदानलाई मिलाएर बुट्टादार बनाउनेलगायत कार्य सुरु गरिएको बताउनुभयो । “खेल मैदानको आकर्षणमा कुनै कृत्रिमता हुँदैन”, उहाँले भन्नुभयो, “यस्तो प्रतिष्ठित प्रतियोगितामा मैदानको आकर्षण नघटोस् भन्ने उद्देश्यले यसको स्तरोन्नतिमा ध्यान दिइरहेका छौँ ।” रङ्गशालामा १० हजार दर्शक बस्न सक्नेगरी बाँसको प्यारापिट निर्माणको तयारी गरिएको छ ।

छैटौँ संस्करणको झापा गोल्डकपको विजेताले नगद रु १३ लाख र उपविजेताले नगद रु सात लाख प्राप्त गर्नेछन् । गोल्डकप सम्पन्न गर्न रु एक करोड ४० लाख विनियोजन गरिएको छ ।
उत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट रक्षक, उत्कृष्ट ‘मिडफिल्डर’, उत्कृृष्ट ‘फरवार्ड’, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकलाई नगद रु २५ हजार प्रदान गरिने अध्यक्ष बस्नेतले बताउनुभयो । प्रत्येक खेलका ‘प्लेयर अफ द म्याच’लाई नगद रु ११ हजार दिइनेछ ।

प्रतियोगितामा आयोजककोतर्फबाट झापा ११ फुटबल क्लबसहित नेपालका ‘ए’ डिभिजन क्लबका सात र विदेशी तीन गरी १० टोलीबीच प्रतिस्पर्धा हुनेछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।