काभ्रेको तेमाल गाउँपालिका २ मा प्रथम वडा अध्यक्ष कप फुटबल प्रतियोगिताको अन्तिम तयारी पूरा

काठमाडौं । काभ्रे जिल्ला तेमाल गाउँपालिका वडा नं. २ मा प्रथम वडा अध्यक्ष कप फुटबल प्रतियोगिताको अन्तिम तयारी पूरा भएको छ ।

डाँडागाउँ जागरुक युवा समाजको आयोजना र तेमाल गाउँपालिका वडा नं. २ को सहयोगमा हुन लागेको उक्त प्रतियोगिता माघ २२ गते बागमती प्रदेशका सांसद एवम् पुर्व मन्त्री रत्न ढकालले उद्घाटन गर्ने भएको छ ।

करिब २ दर्जन क्लबहरुको सहभागी हुने उक्त प्रतियोगितामा प्रथम पुरस्कार नगद ५० हजार सहित कप, मेडल र प्रमाणपत्र, दोस्रो हुनेलाई ३० हजार नगद, मेडल र प्रमाणपत्र र तेस्रो पुरस्कार १० हजार नगद, मेडल र प्रमाणपत्र राखिएको वडाध्यक्ष देवराज तामाङले बताए ।

एकताबद्ध देश, खेलकुदको सन्देश भन्ने मुल नारा लिएर विशेषगरी पर्यटन प्रवर्द्धन र खेल क्षेत्रमा स्थानीय प्रतिभाहरुको पहिचान गर्ने उदेश्यले उक्त प्रतियोगिता राखेको डाँडागाउँ जागरुक युवा समाजका अध्यक्ष रोशन तामाङले उज्यालो नेटवर्कलाई जानकारी गराए ।

वडा न.२ को गोठडाँडा स्थित सिमलचौरमा हुन लागेको उक्त प्रतियोगिताको लागि सुरक्षा व्यवस्थामा समेत विशेष ख्यालगरि स्थानीय प्रशासनसंग समेत समन्वय गरेको बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।