तामाङ समाज युएईको आयोजनामा हुन लागेको सोनाम ल्होछार तथा सेलो विशेष कार्यक्रमको अन्तिम तयारी पूरा

काठमाडौं । वैदेशिक रोजगारीको क्रममा युएईमा रहेका तामाङहरुको छाता संगठन तामाङ समाज युएईको आयोजनामा हुन लागेको मन्जुश्री संवत् २८६० डुक ल्हो (मु पुख्री) सोनाम ल्होछार तथा सेलो विशेष कार्यक्रमको अन्तिम तयारी पूरा भएको छ ।

यहीँ आउदो फेब्रुअरि १० तारिखमा रोयल रोज होटल अबधाबी र फेब्रुअरि ११ तारिखमा युएईको विकसित शहर दुबई स्थित क्लब SK7 मा हुन लागेको कार्यक्रममा नेपालदेखि बरिस्ठ गायक तथा संगीतकार विश्व दोङ र गायिका जितु लोप्चन सांगीतिक प्रस्तुति दिन जाने भएको छ ।

तामाङ समाज युएईको शान, तामाङ संस्कृति तामाङ पहिचान भन्ने मुल नारा लिएर लामो समयदेखि तामाङ जातिको भाषा धर्म र संस्कृति संरक्षण र प्रबर्द्धन गर्ने उदेश्यले विभिन्न साँस्कृतिक कार्यक्रमहरु आयोजना गर्दै आउनेक्रममा यस वर्ष पनि समाजले सोनाम ल्होछारको अवसरमा साँस्कृतिक कार्यक्रम गर्न लागेको तामाङ समाज युएईका कार्यकारी अध्यक्ष भिम दोङले उज्यालो नेटवर्कलाई जानकारी गराए ।

कार्यक्रममा स्थानीय कलाकारहरुको समेत बेजोड प्रस्तुति रहने उक्त कार्यक्रममा हजारौं नेपालीहरु सहभागी भइ आफ्नो देशको कला संस्कृति प्रबर्द्धन गर्न टेवा पुर्याउने विश्वास आयोजकले गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।