जित्नै आँटेको खेल हार्दा राम्रो सिकाइ भयो : पुबुदु

काठमाडौं । नेपालसँगको पहिलो एक दिवसीय क्रिकेटमा ७ रनको झिनो अन्तरले पराजित भएपछि क्यानडाका प्रशिक्षक पुबुदु दासानायकेले आफूहरुलाई राम्रो सिकाइ भएको बताएका छन् ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हारेपछि उनले अन्तिममा नेपालले कमब्याक गरेको बताए । ‘हामीले खेल राम्रोसँग सक्ने सम्भावना थियो, तर हामीले सोचे अनुरुप खेल सकेनौं,’ उनले थपे, ‘हामीले अन्त्यसम्म राम्रोसँग सक्ने योजना थियो । तर नेपालले अन्त्यमा निकै राम्रो कमब्याक गर्‍यो ।’

आजको हारबाट धेरै कुरा सिकेको भन्दै उनले अबका खेलमा नयाँ योजनासहित मैदानमा उत्रिने बताए ।

नेपाल र क्यानडाबीचको दोस्रो एक दिवसीय क्रिकेट शनिबार र तेस्रो एक दिवसीय क्रिकेट सोमबार कीर्तिपुरमा नै हुने छ ।

जितका लागि २२५ रनको सामान्य लक्ष्य पछ्याएको क्यानडाले ३७ औं ओभरको खेल सकिँदा ४ विकेट गुमाएर १८९ रन बनाएको थियो र उसलाई १३ ओभरमा मात्र ३६ रन बनाउनु पर्ने आवश्यकता थियो ।

तर नेपालका कप्तान रोहितकुमार पौडेलले उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई जिताए । ८.५ ओभर बलिङ गरेका उनले २२ रन मात्र दिएर ४ विकेट लिए ।

रोहितको प्रशंसा गर्दै पुबुदुले भने, ‘रोहितको बलिङ निकै राम्रो थियो । उनले सही समयमा सही बलिङ गर्दा हामीले उनीविरुद्ध निकै रक्षात्मक क्रिकेट खेल्यौं । यो जितको क्रेडिट नेपालका बलर र विशेषतः रोहितलाई जान्छ ।’

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रशिक्षकसमेत रहेका पुबुदुले नेपाली टिममा अहिले आफूले एकता देखेको बताए ।

‘उनीहरुमा एकता आएको छ । टिम एकतावद्ध भएर खेलेको छ,’ उनले भने, ‘विशेषतः क्यानको व्यवस्थापनमा पारस आउनु, विनोद दास र मोन्टी छन् । सही ठाउँमा सही मान्छे आउँदा नेपाली क्रिकेट निकै माथि जान सक्छ ।’

आफ्ना पुछारका ब्याटरहरुले नेपाली समर्थकमाथ दबाव लिएर खेलेको पनि उनले बताए । ‘केही खेलाडीले यो प्रकारको ठूलो मात्राको समर्थकले गर्दा प्रेसर अनुभव गरे,’ उनले भने, ‘हामीसँग राम्रा खेलाडी थिए तर हामीले यो प्रकारको वातावरणमा खेलेका थिएनौं । हामीले धेरै लामो समयदेखि ५० ओभरको खेल खेलेका पनि थिएनौं ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।